नागरिक पोष्ट News


नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री ऋचा शर्मा आमा बनिन्

1K

काठमाडौं : नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् । उनलाई पुत्रलाभ भएको हो । शर्माले बुधबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा स्वस्थ शिशुलाई जन्म दिएकी हुन् ।

बिहान ७ः५२ बजे अभिनेत्री शर्माले छोरालाई जन्म दिएकी हुन् । शर्माको शल्यक्रियाबाट जन्मिएको नवजात शिशुको तौल ३.१४ किलोग्राम रहेको छ । आमा (शर्मा) र नवजात शिशुको स्वास्थ्य अवस्था स्थिर र सामान्य रहेको छ । 

Must View