नागरिक पोष्ट News


तीजको रौनक: मठ मन्दिरमा नाच गान (फोटो फिचर)

1.2K

काठमाडौ - नेपाली महिलाहरुको महान् पर्व आज हरितालिका तीज विभिन्न मठ मन्दिरहरुमा भक्त जनहरुको भीड लागेको छ । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूको विशेष पवको रुपमा लिने गरेको छ । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन विशेष गरेर महिलाहरू नजिक रहेका शिव मन्दिरमा गई पूजा आराधना गरी यो पर्व मनाउने प्रचलन रहेको छ ।

pashupati.png

काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि भक्तजनहरूको भीड लागेको छ । कोरोना भाइरसको जोखिमका कारण मुख्य मन्दिरको ढोका बन्द गरिए पनि व्रतालु महिलाहरूले बाहिरैबाट महादेवको पूजा–आराधना गरिरहेका छन् ।आजको दिनमा निर्जल व्रत बसी पार्वती र महादेवको पूजा अर्चना गरेमा मनोकांक्षाहरू पूरा हुने धार्मिक मान्यता रहि आएको छ । विवाहित महिलाले आज आफू र श्रीमानको दीर्घायू र निरोगी बन्ने कामनासहित व्रत बस्ने गर्दछन् भने अविवाहित महिलाले महादेव जस्तै सुन्दर र हरेक कुरामा साथ दिने सुशील श्रीमान पाउने मनोकामनासहित व्रत बस्ने गर्दछन् ।

teej-_1_v6h2Swefcj.jpg

आज देशभरका शिव मन्दिरहरूमा व्रतालु महिलाहरूको भीड लागेको छ । पशुपतिनाथ मन्दिरमा बिहानैदेखि व्रतालुहरू रातो सारीमा सजिएर पूजाका लागि पुगेका छन् । सत्ययुगमा भाद्र शुक्ल तृतीयाकै दिन देवी पार्वतीले महादेवको व्रत बसी श्री महादेव स्वामी पाएकोले आजको दिनमा व्रत बसे सम्पूर्ण मनोकामना पूर्ण हुने धार्मिक मान्यता रहेको छ। आजका दिन महिलाहरूले बिहानै उठेर नजिकै रहेको गंगा, नदी, तलाउ, पोखरी वा कुवा र धारामा गएर स्नान गरी शुद्ध भइ शिव पार्वतीको पूजा आराधना गर्ने गर्दछन् ।

teej-_6_K033urJD5l.jpg

teej.png

teej-_5_AWj67Z3GQE.jpg

Must View