नागरिक पोष्ट News


तीज - आपसी सम्बन्धको प्रगाढता

1.7K

मिरा शाहा ,काठमाण्डौँ - मन्दारमाला कूलितातकायै

कपाल - मालाङशेकराया ।

दिब्याम्बरायै चदिगम्बराय

नम: शिबायै च नम: शिबाय ।

तीज नेपालि महिलाहरूको पौराणिक तथा धार्मिक पर्ब हो। पौराणिक प्रसंग अनुसार भाद्र शुक्ल तृतीयको दिन पर्बतराज हिमालयकी सूपूत्रि पार्वतिलाइ भगवान विष्णुसँग निश्चय गरिएको बिबाहबाट जोगाउन उनका सखिहरुले हरन गरेर लुकाएका कारण यस दिनलाइ हरि तालिका भनिएको हो । 

आलिभि सखिभि : हरिता इति हरितालिका

सखि भिहररिता यस्मात तेनेय हरितालिका

यस पर्बलाइ पति पत्निबिचको सम्बन्धको आपसी प्रगाढ बनाउने , तथा सहयोगको भावना प्रत्यक्षरुपमा व्यक्त गर्ने भगवान उमा महेश्वरको पूजाआजा गरी पति पत्नी एक अर्काको पूरक हो भएको प्रमानित पनि भएको छ । 

अहिले तीजको पर्बमा केही आधुनिकीकरण भएको छ। पहिलाको जस्तो गाउघरमा जस्तो मनाइने चलनमा कमी आएको छ । टाढा भएका चेलिबेटि लाइ माइतमा बोलाएर दर खुवाउने चलन रही आएको छ । तर अहिले अरुको देखसिकी गरेर, अनैकौ तामझाम गरेर तीज मनएको पनि पाइनछ । जुन चाहि अलि बढी नै गरेकोे पाइएको छ । आफ्नो क्षम्ता अनुसार जति सकिन्छ, रमाइलो गर्ने, आफ्नो बर्षभरीको पीडा भुलेर मनाउने गर्ने हो।

तर अहिले कोरोनाको बेलामा भोकै बस्नु कुनै पनि स्तिथिमा उचित होइन ।  कतिपय महिला दिदीबहिनी हरु पोस्ट कोभिडले गर्दा पोषणको कमीले गर्दा  कमजोरी पनि हुन सक्ने भएकोले निराहार बर्त बस्नु कुनैपनि तरिकाले ठीक होइन । धार्मिक साँस्कृतिक परम्पराले पनि उचित होइन्, आफ्नो आत्मालाइ मारेर बर्त बस्नु राम्रो होइन । त्यसैले आफ्नो स्वास्थ्य अबस्था हेरेर मात्र बर्त बस्नुपर्ने हुन्छ । कोही दिर्घरोगि , मधुमेह , वा अन्य रोग भएँका कारणले पनि निराहार बर्त बस्नु हुन्न । घर परिवार , अरुले के भन्ला , सोचेर भोकै बसेर श्रीमान् को आयू बढ्दैन । बरु  सन्तुलित भोजनको समायोजन गरेर बर्त बस्नु ठीक हुन्छ । अहिले बिभिन्न प्रकारको फास्टिङ गर्ने उपायहरु पनि रहेका छन् । जस्तै इन्टरमिटेन फास्टिङ , ५/२ फास्टिङ , पालियो, कीटो डाइट आदि प्रचलनमा छ । तर यी सबै पोषण विज्ञहरूको निगरानीमा, उचित सल्लाहमा मात्रै गर्नु बेस हो । किनभने सबैको आ -  आफ्नो शारिरिक , अन्य कुराहरू फरक फरक हुन्छ , जसले गर्दा सल्लाहमा बस्नु नै राम्रो हो । अरुले गरेकोे डाइट आफ्नो लागी ठीक नहुन सक्छ । मानिसको उमेर्, तौल , काम गर्ने तरीका , खानपान्, रहनसहन आदि फरक फरक हुने भएकोले त्यसै अनुसारको आहारको ब्यस्थापन गर्नु पर्छ। 

 ऊपवास वा निराहार बस्नुको फायदाहरु के के हुन तँ ?

मोतोपना  घटाउन मद्दत गर्दछ , तौल नियन्त्रण हुन्छ ,

मधुमेह ,  रगतमा भएको इन्सुलिनको मात्रा नियन्त्रण हुन्छ । कोलेस्त्रोल्, टिजि, थाइरोइड, र अन्य रोगहरु पनि नियन्त्रण गर्न सहयोग गर्दछन् । बिभिन्न अनुसन्धानबाट यसको फायदाहरु देखाएको छ । तर पानीको कमी हुनु भएन। 

कस्तो दर खाने

दुग्धजन्य पदार्थहरु दूध , दही , मोहि, पनीर्, मिठाई आदि आफ्नो स्वास्थ अबस्था हेरी सेवन गर्नुपर्छ ।

प्रोटिन भएको खानेकुरा हरु, जुन वनस्पतिजन्य बाट पाउँछन् त्यसको उचित प्रयोग गर्नुपर्छ ।

मौसम अनुसारको फलफूल आदि खानुपर्छ।

पानी सकभर प्रशस्त मात्रामा सेवन गर्नुपर्छ । बिहान पूजाआजा गरि, खानेकुराहरु फलफुल , वा ताजा जुसको सेवन गर्नुपर्छ । आफू कतिको सक्ने वा नसक्ने हो, त्यो हेरी मात्र बर्त बस्नुपर्ने हुन्छ ।

मिठाईमा कार्बोहाइडरेट , भएकोले तिर्खा चाँडै लाग्दैन्, त्यसैले हामी दरमा खिर खाने चलन भएको हो । माछा मासु सकबर दरमा प्रयोग कम गर्नुपर्छ । क्वाति, अरु खानेकुराहरु अलि पच्ने खालको खानुपर्छ।राती एकदमै धेरै खानेकुरा खानु हुन्न , भोलिपल्ट भोकै बस्दा गार्हो हुन सक्छ ।

पानी सकाभर खाइरहनु पर्यो । थोरै थोरै गरेर फलफूल वा ताजा जुसको सेवन गर्नु परयो। आफ्नो कुनै औषधी छ , भने त्यो नि खानूपरयो । जसले गर्दा आफ्नो स्वास्थ्यमा असर पार्नु भएन। 

खुसीसँग , आफ्नो परिवारसहित , धेरै भिडभाडमा नजाउ, मास्कको उचित प्रयोग गरौं। तीज अर्को वर्ष फेरी नि आउँछन् तर कोरोनाको जुन त्रास छ, त्यो कम पक्कै पनि अर्को वर्ष कम हुन्छ भन्ने आस गरौं। सौहार्द  तथा  स्वास्थ तरिकाले यसपालि तीज मनाउ। सबै नेपालि महिलाहरू दिदीबहिनीहरुमा तीजको मङ्गलमय शुभकामना । 

Must View