नागरिक पोष्ट News


प्रभु मेनेजमेन्ट प्रा.लि द्धारा आयोजित तीज को दर खाने तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न

2.3K

काठमाण्डौँ - प्रभु मेनेजमेन्ट प्रा.लि द्धारा आयोजित महिलाहरुको महान् पर्व हरितालिका तीज को उपलक्ष्यमा दर खाने तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । हालै जापानमा सम्पन्न भएको प्यारालम्पिक २०२० का तेक्वान्दो खेलाडी पलिशा गोर्वदनको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा प्रभु मेनेजमेन्टका अध्यक्ष कुसुम लामाले स्वागत मन्तव्य दिनुभएको थियो । 

कार्यक्रममा विशेष अतिथिहरु भ्वाइस अफ नेपालका फस्ट रनरअप तारा शिरिष मगर, अर्को प्रतियोगीहरु अफ्रिता खड्गी, नेहारिका ज्ञवाली, कमेडियन च्याम्पियनका श्रेया सुवेदी, नारिया गिरीको उपस्थिति रहनुका साथै रमाइलो तीज गीत गाएर महिला दिदीबहिनीहरुलाई नचाएका थिए भने कमेडियन च्याम्पियनका प्रतियोगीहरुले रमाइलो तीजका अनुभवहरु सुनाएर दर्शक हसाउन सफल भएको थियो ।

कार्यक्रममा प्रभु मेनेजमेन्टका अध्यक्ष कुसुम लामाले प्रमुख अतिथि तथा हालै जापानमा सम्पन्न भएको प्यारालम्पिक २०२० का तेक्वान्दो खेलाडी पलिशा गोर्वदनलाई रु. २५,००० प्रभु पे मोवाइल वालेटमा ट्रान्सफर साथै प्रमाणपत्र सहितको सम्मान गर्नुभएको थियो । साथै अन्य कलाकार विशेष अतिथिहरुलाई नगद तथा मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रम सुविसु नेटवर्कका अध्यक्ष एवं आइसिटी अवार्ड २०२० का विजेता सुधीर पराजुली, हिमालयन अनलाइन टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल, साफ गेमका गोल्ड मेडलिस्ट दिपक विष्टको उपस्थिति रहनुका साथै तीजको शुभकामना दिनुभएको थियो । आफ्नो कर्मचारीहरुको कामलाई मूल्यांङ्कन गर्दै आयोजकले इम्प्लोई अफ द मन्थ घोषणा गर्दै प्रमाणपत्र र गिफ्ट भौचर हस्तान्तरण गरिएको थियो । कार्यक्रममा दर खाँदै तीजका गीतहरुमा नाचेर महिला दिदी बहिनीहरुले रमाइलो गरेका थिए ।  

Must View