नागरिक पोष्ट News


कांग्रेस धादिङको वडा अधिवेशनमा ४३ वडामा ढुङगानाको प्यानलको जित

728

धादिङ - नेपाली कांग्रेस धादिङको १०३ वडाको १४ औं महाधिवेशन सम्पन्न भएको छ । कांग्रेस धादिङको १३ वटा स्थानीय तहरुहरुको १०४ वटा वडा मध्ये १ वडा वाहेक सबै तहहरुमा सहमतिको आधारमा अधिवेशन सम्पन्न भएको हो ।

तर ज्वालामुखी गाउँपालिकामा भने सभापति पदको लागि सहमति हुन सकेको छैन् । यस्तै धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ धादिङबेसी र ज्वालामुखी गाउँपालिका ४ मा भने सभापति पदको लागि सहमति हुन सकेको थिए । नेपाली कांग्रेस धादिङका पुर्व सभापति रामनाथ अधिकारी र नीलकण्ठ नगरपालिका धादिङका मेयर भिम प्रसाद ढुङगाना प्यानल वीच लामो छलफल पछि नीलकण्ठ नगरपालिका धादिङबेसीमा भने सहमति भएको छ ।

ज्वालामुखी गाउँपालिकामा कुनै सहमति नभएकाले शुक्रवार निर्वाचन हुदैछ । १३ स्थानीय तहमा सहमति हुन सक्ने तर ज्वालामुखी गाउँपालिकामा सहमति नहुँदा पार्टीको नै कमजोरी दिएको छ । सो स्थानमा यी दुवै प्यानलले आ–आफ्नो पक्षमा जित निश्चित भएको दावी गरेको छ । यो समाचार तयार पार्दा सम्म भिम प्रसाद ढुङगाना र दिलमान पाख्रिङ राजाराम काकीकोे प्यानल सभापति सहित ४३ र रामनाथ अधिकारीको प्यानलले ३४ वडामा जितेका छन् । 

Must View