नागरिक पोष्ट News


नवनियुक्त प्रधानसेनापति शर्मालाई राष्ट्रपति भण्डारीद्वारा दर्जनी चिह्न प्रदान

805

काठमाडौं - नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले महारथीको दर्जनी चिह्न प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा विहिबार आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाको ४४ औँ प्रधानसेनापतिका रुपमा शर्माले तीनवर्षे कार्यकालका लागि विहिबार देखि औपचारिक रुपमा सैनिक नेतृत्वको जिम्मेवारी सम्हाल्नु भएको छ । समारोहमा प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागि रहनु भएको थियो ।

यस अघिका प्रधानसेनापति पूर्णचन्द्र थापाको तीनवर्षे कार्यकाल आजै सकिएको छ । नवनियुक्त प्रधानसेनापति शर्माले सामूहिक नेतृत्व, तालीम र आर्थिक पारदर्शितालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने  बताउनु भएको छ । 

Must View