ग्राहकको रोजाईमा बार्दाली रुफटप , कपन गुम्बा पुग्ने हरेक भिजिटर किन आउछन त यो रेस्ट्रोरेन्ट ?
काठमाडौँ - महामारीको प्रकोपबाट अब नेपाल सहित बिस्वका सबै जसो देश हरु बिस्तारै बाहिर आउदै छन्। विभिन्न स्वस्थ मापदण्ड पालना गर्दै अब विभिन्न व्यवसायहरु अब बिस्तारै पुरानै लयमा फर्किन सुरु गरिसकेका छन्। यहि कुरालाई मध्यनजर राख्दै कपन स्थित गुम्बाको आडैमा रहेको रुफटप रेस्ट्रोरेन्टमा ग्राहकको स्वस्थ र सन्तुस्टिलाई एक साथ बिसेष ध्यान दिदै संचालनमा आएको छ।
काठमाडौँको मनोरम दृष्याबलोकन सहित स्वादिष्ट परिकारहरु मार्फत ग्राहकको मन जितिरहेको रुफ़टफ़ बर्दाली रेस्ट्रोरेन्ट कपन गुम्बा परिसर कै राम्रो र पारिबारिक रेस्ट्रोरेन्ट भएको संचालक केदार खड्का दाबि गर्नुहुन्छ। बिसेष गरि आफ्नै फाममा उत्पादित अर्गानिक उत्पादनहरु रेष्ट्रोको भान्छामा पाक्ने वाहा बताउनु हुन्छ।
चक्रपथबाट केहि मिनेटको यात्रामा पुगिने यस रेस्ट्रोरेन्टमा पुगिसकेपछि जो कोहीको मन यतै रमाउछ अनि त्यतै हराउछ। अझ बिसेष गरि नगरकोटबाट देखिने सुर्यदय हेर्न उति टाढा पुग्नु नै पर्दैन। त्यहि भएर आजकाल यस रेस्ट्रोरेन्टको बार्दालिबाट सुर्यदय हेर्न समेत ग्राहकहरु आउने गरेका छन्। त्याहाबाट साझको समयमा देखिने शहरको सौन्दर्यको बयान त हामीले गर्नु भन्दा पनि तपाई आफै गएर अनुभब गर्न सक्नु हुन्छ।
आम नागरिकले नै एफोर्ट गर्न सक्ने गरि सर्वसुलभ मुल्यमा यस रेस्ट्रोरेन्टमा मिठा मिठा परिकार चाख्दै आफ्नो परिवारसंग रमाउनेहरु पनि दिन प्रतिदिन बढिरहेका छन्। एक पटक आएका ग्राहक त्यहाको आकर्षण र जिब्रोमै झुन्ड़ने परिकारको स्वादले तान्दै फेरी फेरी पनि आउने गरेको होटलका संचालक खड्का बताउनु हुन्छ।
पछिल्ला दिनमा कपन गुम्बा घुम्न पुगेका लगभग सबैजसो मानिसहरु बार्दाली रुफ़टफ़ पुग्ने गरेका छन । यसबाट रेस्ट्रोरेन्टले पछिल्ला दिनमा ग्राहकको मन जितिरहेको प्रष्ट हुन्छ। तपाई पनि कपन पुगेपछि एक पटक बर्दाली रुफ़टफ़ रेस्ट्रोरेन्ट पुगेर त्यहाको स्वदिस्ट परिकार चाख्दै मनोरम दृश हेर्न नभुल्नु होला ।