नागरिक पोष्ट News


तारकेश्वरमा मसाल जुलुस र पुत्ला दहन कार्यक्रम

1.1K

काठमाडौं - नेकपा एमालेको राष्ट्रिय युवा संघ र अनेरास्ववियूले आज साँझ नेपालटारमा मसाल जुलुस र पुत्लाहन कार्यक्रम गरेको छ । जयसिंह धामीलाई भारतीय पक्षले तुहिन काटेर मारेपछि एमालेले जयसिंह धामीको न्यायको पक्षमा आन्दोलन गर्दै आइरहेको छ । आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ ।

त्यस्तै एमसिसि संसदबाट पारित गर्न लागेको विरूद्ध प्रधानमन्त्री देउवाको पनि पुत्ला दहन गरेको छ । साँझ करिव ६ः०० बजे नेपालटार चोकमा मसाल जुलुस र पुत्ला दहन कार्यक्रम गरेको कुरा नेकपा एमाले तारकेश्वरका नगर कमिटि सदस्य तथा युवा नेता बलराम सिटौलाले बताउनुभयो ।कार्यक्रममा प्रहरिले हस्तक्षेप गर्न खोजेपनि कार्यक्रम सम्पन्न भएको सिटौलाले बताए ।

 

Must View