नागरिक पोष्ट News


विद्यालय सञ्चालन गर्न तारकेश्वरमा प्याब्सन र एन प्याब्सनले गरे अन्र्तक्रिया कार्यक्रम

1.1K

काठमाडौ - तारकेश्वर नगरपालिकाले भदौ २७ गतेबाट विद्यालय सञ्चालन गर्न अनुमति दिएपछि आज नगर स्तरीय प्याब्सन र एनप्याब्सनले संयुक्त रूपमा अन्तक्र्रिया कार्यक्रम गरेका छन् । अन्तक्र्रिया कार्यक्रममा तारकेश्वर नगरपालिकाका नगर प्रमुख रामेश्वर बोहराको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् ।

कार्यक्रममा नगर प्रमुख रामेश्वर बोहराले शैक्षिक क्षेत्रमा कोभिडले ठुलो असर गरेको र नगरपालिका भित्र विधालय सञ्चालन गर्नुका साथै स्वास्थ्य सम्बन्धि मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न प्यवसन र एनप्याब्सनलाई आग्रह गर्नुभएको छ ।

कार्यक्रममा तारकेश्वरका प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद लम्सालले शिक्षा क्षेत्र महत्त्वपूर्ण क्षेत्र हो विधालय सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड अपनाएर राम्रो सँग भौतिक रूपमा विद्यालय उपस्थित गराएर विद्यालय खोल्नुपर्ने बताए ।

कार्यक्रममा तारकेश्वर नगर शिक्षा शाखा प्रमुख होमनाथ न्यौपानेले विधालयहरु सञ्चालन गरिरहेको अवस्थामा अभिभावकलाई विधार्थी विधालय पठाउन जवरजस्ति गरर्न नहुने र भौतिक रुपमा विधालयमा विधार्थी नआउनेलाई भर्चुअल माध्यमबाट पठनपाठन गर्न पनि विद्यालय सञ्चालकहरुलाई आग्रश गरेका छन् । त्यसतै न्यौपानेले तारकेश्वर नगरपालिकाले भर्खरै प्रकाशन गरेको स्थानीय पाठयक्रम सबै विधालयहरुले अनिवार्य पठनपाठन गराउन अनुरोध गरेका छन् । नगरपालिकाले सँस्थागत र सामुदायिक विधालय भनेर कहिले पनि भेदभाव नगरेको बताए ।

तारकेश्वर नगर स्वास्थ्य शाखाका प्रमुख विनोद कुमार शाहले अहिलेको मौसम परिवर्तन हुने समयमा मानिसको स्वास्थ्य समस्या देखा पर्ने र अहिले कोरोना नियन्त्रणमा नगरपालिका लागिरहेको बताए ।

कार्यक्रममा नगर शिक्षा समितिका सदस्य तथा नागरिक सचेतना समाज नेपालका सल्लाहकार प्रा. श्याम कृष्ण बिष्टले नगर भित्र विधालय सञ्चालन गर्दा स्वास्थका मापदण्डमा विशेष ध्यान दिनुपर्ने बताए ।त्यस्तै तारकेश्वर नगर शिक्षा समितिका सदस्य तथा शिम रश्मी हाई स्कुलका प्रिन्सिपल लोकेन्द्र बहादुर खड्काले कोरोनाले गर्दा विधालय सञ्चालकहरुलाई समस्या परेको बताउनुका साथै नगरपालिकाले सकेको सहयोग गर्नुपर्ने बताएका छन् ।

Must View