नागरिक पोष्ट News


तारकेश्वर ९ को बासुकी नाग टोलमा बाढिबाट २० परिवार विस्थापित (फोटो फिचरसहित)

1.2K

 काठमाडौं - तारकेश्वर नगरपालिका आज राती भएको आएको बाढीले तारकेश्वर ९ को बासुकी नाग टोलमा २० परिवार स्थापित भएका छन् । आजरातीको बिहान करिव साँढे ३ बजेको समयमा आएको बाढीले तारकेश्वर ७ को दियालो टोलमा खोला किनारको वाल भत्काएर बाढी बस्तीमा छिरेको थियो ।

तारकेश्वर ७ को दियालो वस्ती विगत ३ वर्षदेखि नै बाढी डुबानमा पर्दै आइरहेको छ । वर्षेपिच्छे डुबान हुनुको मुख्य कारण नै दियालो टोलको हाउजिङ पुलको बीच भागमा राखिएको पोलमा खोलाले बगाएर ल्याएको सामाग्रीहरु अडकीएर खोला पर्खाल भत्काएर बाढीमा पस्दै आएको छ । स्थानीय जनप्रतिनिधिहरुले बाढी आएको बखत निर्माण गरिदिने जनतालाई आश्वासन दिएपनि हिउँद लागेपछि कहिल्यै पनि बाढी रोकथामका लागि स्थानीय सरकारले काम नगरेको दियालो टोलका स्थानीयहरुले बताएका छन् । सो क्षेत्रमा भएका खाद्यान्न पसल, मेडिकल र तरकारी पसलहरु डुबेका छन् ।

वडा नं। ७ को बाढी प्रभावित क्षेत्रमा स्थानीय जनप्रतिनिधि र प्राविधिकको टोली पुगेको छ । वडा नं। ७ का अध्यक्ष सानुकाजी खत्रीकाअनुसार टोखा नगर प्रमुख र तारकेश्वरका नगर प्रमुखलाई बोलाईसकेका छौं । अब तत्कालै पुलको पिल्लर भत्काउने विषयमा हामी छलफल गर्दैछौं । अघिल्लो वर्ष पनि पुलको पिल्लर भत्काउन खोज्दा केही स्थानीयहरुका अवरोधका कारण गर्न नसकिएको वडाअध्यक्ष सानुकाजी खत्रिले बताउनुभयो ।

त्यस्तै तारकेश्वर ९ को इन्द्रायणी पुलदेखि मुनितिरको भागमा डुबानका कारण २० परिवार भन्दा बढि विष्थापित भएका छन् । उनिहरुको कोठामा सुतिरहेको अवस्थामा राती एककासी बालुवा मिसिएको पानी आएपछि थाहा पाउँदा कोठाहरु सबै डुबानमा परिसकेका थिए । पिडितहरुले बिहानको ९ः०० बजेसम्म पनि स्थानीय जनप्रतिनिधिहरु कोही नआएको गुनासो गरेका छन् ।

सो क्षेत्रका २० परिवारलाई तत्कालै राहत सामाग्रीहरु बाँड्न आवश्यक छ । उनिहरुको खाद्यान्न, लत्ताकपडा सबै डुबेर ध्वस्त भएको छ । बासुकी नाग टोलमा भएका पसलहरु पनि डुबानमा परेको छ । डुबान क्षेत्रमा पिडितहरु आफैंले आफ्ना पुरिएका सामनहरु निकालिरहेका छन् ।

त्यस्तै तारकेश्वर वडा नं। ८, ४ र ६ मा महादेव खोला किनारका बस्ती पनि डुबानमा परेका छन् । सो क्षेत्रमा अन्य स्थानमा भन्दा कम क्षती भएपनि बस्तीमा बाढी पसेको छ । बाढी पस्नुमा खोला किनारको भागमा पर्खाल नलगाएको र लगाएको ठाउँमा पनि एकदमै होचो भएको देखिन्छ ।

Must View