अछाममा २२ वर्षीया युवतीदेखि ८० वर्षीय वृद्धसम्म बने कांग्रेसको वडा सभापति
735
अछाम - नेपाली कांग्रेस अछामले वडाका सभापतिको टुंगो लगाएको छ । १४औं वडा अधिवेशनले सर्वसम्मत रुपमा वडा सभापतिको टुंगो लगाएसँगै कम र बढी उमेरमा वडा सभापति बन्नेको चर्चा भइरहेको छ। अछाममा २२ वर्षीया महिला र ८० वर्षीय वृद्ध वडा सभापति निर्वाचित भएका छन्।
शनिबार मंगलसेन नगरपालिका वडा नम्बर ११ खिमाडाकी २२ वर्षीया जानकी रावल वडा सभापतिमा निर्वाचित भइन्। त्यसलगत्तै चौरपार्टी गाउँपालिका वडा नं ५ लुंग्राको सभापतिमा ८० वर्षीय बृद्ध भिकारी कुँवर सर्वसम्मत वडा सभापति चयन भए। पार्टीले ८० वर्षीय बृद्ध कुँवरलाई सभापतिमा सर्वसम्मत चयन गरेपछि स्थानीय युवा भने असन्तुष्ट छन्।