नागरिक पोष्ट News


त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा बढाउन जरुरी

1.1K

कसिलो सिमा नाकादेखि अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा निगरानी हरेक मुलुकको प्राथमकिता हुनेगर्छ । अझ यतिखेर अफानिस्तानमा बदलिएको घटनाक्रमले नेपालमा समेत सुरक्षा चुनौति बढाइरहेको छ । तर नेपालको एकमात्रै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अध्यागमनदेखि सुरक्षा सतर्कता बलियो बनाउन नसक्दा जोखिम बढेको छ । 

तीन किलो कोकिन बोकेर सहजै काठमाडौं उत्रिएकी दक्षिण अफ्रिकी एक महिला यसैसाता पक्राउ पर्दा त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन संयन्त्रदेखि विदेशी नागरिकको निगरानीमा कहाँ–कस्तो कमजोरी छ भन्ने धेरै पक्ष उजागर भएको छ । लागूऔषध ब्युरोको सावधानीले ती अफ्रिकी महिला त पक्राउ परिन,  तर उनीसँग जोडिएकी तान्जानियाकी महिला लियोनार्ड किमारोको भाषासिक्ने बहानामा नेपाल बसाईले हाम्रो अध्यागमन र अनुगमनमाथि गम्भिर प्रश्न खडा गरेको छ । खुरुखुरु विद्यार्थी भिसा थमाइदिने हाम्रो संयन्त्रले उनले के गरिरहेकी छन् भन्ने कहिल्यै खोजी गरेन् । पुसयतामात्रै एक सय ३२ जना विदेशीलाई निकाला गरिएको र ९ जनालाइ विमानस्थलबाटै फर्काइएको तथ्यांक हेर्दापनि अबैध रुपमा नेपाल भित्रिन खोज्ने विदेशीको चासो र सुरक्षा सतर्कतामा गर्नुपर्ने कडाईलाई थप पुष्टी गर्छ। 

विभागको तथ्यांक अनुसार गैरआवासीय नेपालीहरु समेत अहिले २५ हजार विदेशी नेपालमा छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन वर्ष अघि चिम्पान्जीसमेत छिराएको घटनाले सुरक्षामा थप संवेदनशील बन्नैपर्ने देखाउँछ । अहिले स्थलमार्गबाट तेस्रो मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाईएको छ । हवाईमार्ग हुँदै पर्यटक आगमन पनि कोभिड १९ का कारण शुन्यप्राय छ । तैपनि त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन र सतर्कता थप बलियो नबनाए त्यसले सुरक्षा जोखिम बढाउने छ ।  

अहिले अगानिस्तानमा विद्रोही तालिवानले गरेको कब्जा र त्यसले सामरिक क्षेत्रमा पार्ने असर ख्याल गर्न पनि नेपालले सुरक्षा सतर्कतामा थप ध्यान दिनुपर्ने देखिन्छ ।

 

Must View