नागरिक पोष्ट News


हिन्दी गीत ‘इबादत’मा अर्जुन विज्लानीसँग स्मिताको अभिनय

1.1K

नेपाली सांगीतिक क्षेत्रमा छोटो समयमा नै चर्चा पाउन सफल गायिका स्मिता दाहालले पहिलो पटक हिन्दी गीतमा पनि स्वर भरेकी छिन् । उनको स्वरमा समावेश ‘इबादत बन गए हो’ बोलको गीत टि–सिरिजको पप चार्टबस्टर्स नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गायनमा उनलाई शबाब सबरीले साथ दिएका छन् । रोमान्टिक शैलीमा तयार पारिएको यो गीतमा गायक सबरीको संगीत र केआर वाहीको शब्द छ ।

यो गीतको भिडियोमा स्मिता आफैले मोडलिङ गरेकी छिन् । उनलाई भारतीय टेलिभिजनका सफल कलाकार अर्जुन बिज्लानीले अभिनयमा साथ दिएका छन् । स्मिता र अर्जुनको जोडी भिडियोमा रोमान्टिक देखिएको छ । राजीव एस रुयाले निर्देशन गरेको यो भिडियोलाई पूनम यादवले निर्माण गरेकी हुन् । चाडै नै चलचित्र निर्माणमा समेत प्रवेश गर्ने तयारीमा रहेकी पूनमले भिडियोलाई आकर्षक बनाउन कुनै कञ्जुस्याँई गरेकी छैनन् ।

भिडियोमा देहरादुनको मसुरी र उतराखण्डको ऋषिकेशको सुन्दरतालाई प्रस्तुत गरिएको छ । जेस्टिन क्रियटिभ स्पाकैको ब्यानरमा निर्माण भएको भिडियोको कार्यकारी निर्मातामा सुप्रिया पुल पन्डियन छिन् । निर्मात्री पूनमले नेपालका प्रतिभावान् कलाकारलाई विश्वमाझ चिनाउन आफू मनोरञ्जन क्षेत्रमा आएको बताइन् ।

 

 

 

Must View