नागरिक पोष्ट News


नेकपा एमाले अध्यक्ष ओली अस्वस्थ

826

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । ओली अस्वस्थ भएपछि शनिबार उनी सहभागी हुन तय गरिएका कार्यक्रमहरु स्थगित गरिएका छन् ।

‘सामान्य ज्वरो आएको छ, बढी थकान भएपछि सहभागी हुने कार्यक्रमहरु रोकिएका छन्’ ओलीका प्रेस सल्लाहकार रामशरण बजगाईंले भन्नुभयो ।  गत फागुनमा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

Must View