नागरिक पोष्ट News


व्यवसायिक रुपमा मोरी पालन गरी रहनु भएका कृषक श्याम कृष्ण श्रेष्ठको मौरी पालनको भोगाई

1.6K

मौरी पालन एक कृषि पेसा हो । मह का साथै मैन जस्ता बस्तुको उत्पादन गर्न को लागि मौरीे पालन गरिन्छ । मानिसले आज भन्दा १५,००० बर्स आघि देखि जङ्गली मौरीबाट मह सङ्कलन गर्दै आएका थिए । तर आज भन्दा ४,५०० बर्स आघि देखि येसलाई घरमै पाल्न थलिएको छ। त्यसबेला साधारन छुरि र धुवा को प्रयोग गरेर मह निकालेर बयाममा भर्ने चलन थियो । त्यसरी सुरु भएको मौरी सँगको नाता अब भने व्यवसायिक भैईसकेको छ । तारकेश्वर नगरपािलका वडा नं २ देवस्थलीमा व्यवसायिक रुपमा मोरी पालन गरी रहनु भएका कृषक श्याम कृष्ण श्रेष्ठको मौरी पालनको भोगाई हामी नजिकबाट हेछौँ । 

उहाँसगको कुराकानीको क्रमामा घरमा पालिने मौरी दुई किसिमको हुने हामीले पनि थाहा पायौँ । मौरीबाट मह मात्र नभएर अन्य तत्व जस्तै मैन ,पौष्टिक तत्व लार्भा आदि पनि बेच्न सकिने मोरी पालन गरी बसेका श्रेष्ठ बताउनु हुन्छ । 

आफ्नो पुर्खामा कसैले नगरेको काम भएता पनि आफुले भने करिब दुई वर्ष अगाडि प्रधानमन्त्री कृर्षी आधुनिकीकरणबाट १० घार मौरी ल्याएर मौरी पालन शुरु गरेको श्रेष्ठ बताउनु हुन्छ ।

मौरी पालन गर्दा फाईदै फाईदा हुने बताउदै कृषक श्रेष्ठले आधुनिक तरिकाले मौरी  पालन गर्न युवा पुस्तालाई प्रेरणा दिनु हुन्छ ।  कृषक श्रेष्ठले हामीलाई रानी मौैरी चिन्ने तरिकाको बारे यसरी बताउनु भयो । मौरीहरुमा विभिन्न रोगको स्रक्रमणले समेत निम्त्याउने बताउदै कृषक श्रेष्ठले यसबाट बच्ने उपाय समेत सुल्झाउनु भयो । बजार मा पाईने मह भन्दा आफैले उत्पादन गरेको मह बढी स्वस्थकर र पौष्टिक हुने उहाँले बाताउनु भयो । 

यसरी प्राचिन समयमा मौरीहरु जगंल मा नै आफ्नो तरिकाले बसेर मह बनाउँथे भने अहिले आधुनिक समयमा मौरी पालनलाई व्यवसायिक रुपमानै लिन थालिएको छ र यसलाई पेशाको रुपमानै सञ्चालन गर्न थालिएको छ । अहिलेको समयमा मौरी पालन तर्फ युवा वर्ग पनि उत्तिकै मत्रामा आकर्षक रुपमा लाग्न थालेका छन् । श्याम कृष्ण श्रेष्ठलाई  मौरी पालन गर्ने व्यक्तिहरुले क एक उदाहरणीय र प्रेरणाको स्रोतको स्रोतको रुपमा लिन सक्दछन् ।

 

Must View