नागरिक पोष्ट News


दैलेखमा १९ वर्षीया किशोरी बनिन् कांग्रेसको सभापति !

2.2K

काठमान्डौं । युवा वर्गमा राजनीति तर्फ वितिष्णा बढेको बेलामा एक जना १० वर्षकी किशोरी दैलेखमा वडाको सभापति बनेकी छन् । उनको पारिवारिक पृष्ठभूमीको हो । बुवा राजनीतिमा रहँदै निधन भएको थियो । उनकै छोरी एकजना १९ वर्षीया किशोरीलाई सत्तारुढ नेपाली कांग्रेसले वडा समिति सभापतिमा निर्वाचित गरेको छ।

दैलेखस्थित कांग्रेसका स्वर्गीय नेता भुपेन्द्र महतकी छोरीसमेत रहेकी १९ वर्षीया स्वस्तिका महत दुल्लु नगरपालिका वडा नम्बर ३ मा सभापति निर्वाचित भएकी हुन्। युवा वर्गमा देखिएको राजनीति प्रतिको मोह भंगको अवस्थामा १९ वर्षकी किशोरी सभापति बनेको कुरालाई सकारात्मक  रुपमा हेरिएको छ ।

स्वस्तिकाका पिता एवम् कांग्रेस दैलेखका तत्कालीन उपसभापति भुपेन्द्रजंग महतको २०७६ कात्तिकमा डेंगु संक्रमणका कारण निधन भएको थियो। डेंगु भएपछि उनी उपचारका लागि भारतको दिल्लीस्थित एपोलो अस्पताल पुगेका थिए। भारतको मुम्बई भ्रमणका क्रममा बिरामी परेपछि दिल्लीमा उपचारका क्रममा उनको निधन भएको थियो।

स्वस्तिका पनि बुवाकै पदचाप पछ्याउँदै कांग्रेसको राजनीति लागेकी छन्। उनलाई सानै उमेरमा कांग्रेसले गाउँको कमाण्ड सुम्पिएपछि अन्य दलका नेताले पनि प्रशंसा गरेका छन्।

Must View