कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकको जिम्मेवारी जितेन्द्र धिताललाई
1.3K
काठमाडौं - कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकको जिम्मेवारी जितेन्द्र धिताललाई दिइएको छ । सरकारले कोषका प्रशासक तुलसी प्रसाद गौतमलाई पदमुक्त गरेपछि उनलाई निमित्तको जिम्मेवारी दिएको हो ।
उनी कोषका बरिष्ठ सह–प्रशासक हुन ।
कर्मचारी सञ्चय कोषको प्रमुख हुन सञ्चयकर्ता हुनुपर्ने कानूनी व्यवस्था रहेको छ । तर गौतम नेपाल सरकारको सहसचिवबाट अवकाश पाइसकेका व्यक्ति भएका कारण उनलाई पदमुक्त गरेको बताइएको छ।