नागरिक पोष्ट News


नेपाल पञ्चांग निर्णायक समितिले इन्द्रजात्राको साइत जुराएको छ

1K

काठमाडौं – नेपाल पञ्चांग निर्णायक समितिले इन्द्रजात्राको साइत जुराएको छ । समितिले असोज ३ गते आइतबारका लागि साइत जुराएको हो । समितिले साइत  प्रकाशन गरेसँगै नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड पालन गरी जात्रा सञ्चालन गर्ने इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम रत्न शाक्यले काठमाडौं प्रेसलाई जानकारी दिनुभयो ।

कोराना संक्रमणलाई मध्यनजर गर्दै यसपटकको जात्रा सञ्चालनमा भिडभाड हुन नदिने, मास्क, पन्जा सेनिटाइनजरको अनिवार्य प्रयोग गराइने, खल (समूह) अन्तर्गतका गुठियारहरूलाई कोभिडविरुद्धको खोप प्रदान गर्नेलगायत व्यवस्था मिलाइने शाक्यले बताउनुभयो ।

यसपालि रथ तान्नेको संख्या पनि सीमित गराइने उहाँको भनाइ थियो। कुमारी, भैरव तथा गणेशलाई पनि खोपको व्यवस्था हुनुपर्नेमा उहाँले जोड दिनुभयो । बाँकी अन्य व्यवस्थापकीय विषयमा नेपाल सरकारसँग चाँडै नै छलफल हुने अध्यक्ष शाक्यले जनाउनुभयो ।

072342168indrajatra.jpg

Must View