नागरिक पोष्ट News


जलनका बिरामिका पोषण तथा सचेतना मूलक कार्यकर्म समपन्न

3.7K

- साधना बस्नेत

२०७८ भदौ ८ गते मङ्गलवार सेन्टरल डिपार्टमेनट अफ गृह विज्ञान अन्र्तगतको १ बर्शे अधिस्नातक डाइटेटिक्स कार्यकर्मको दोस्रो ब्याचको छत्राहरुको जलनका बिरामीको पोषण र जलनको सचेतना मूलक कक्षा संचालन भयो ।

जलनका बिरामिलाइ कस्तो प्रकारको खानेकुरा हुनु परयो , अनि कति प्रतिशत पोलेको लाइ कति पोशिलो खानेकुरा दिनुपर्छ त्यसको बारेमा कीर्तिपुर बर्न अस्पतालकी पोषण विज्ञ मिरा शाहले  यो कक्षा लिनु भयो। त्यसको साथै जलनको प्राथमिक  उपचारको बारेमा तथा छालादानको बारेमा पनि जानकारी गराउनु भयो ।

नेपालको बर्न सेन्टरको रूपमा किर्तिपुर जलनका बिरामिहरुको उपचारमा  एकजुट भई यहाको चिकित्सकहरु लागिपरेका छन् । यस प्लास्टिक बिभागको प्रा.डा. शंकरमान राइ, प्रमुख किरण नकर्मि, तथा अन्य चिकित्सकहरुको टोली रहेको छन् । यसका साथै पोषण विज्ञ र फिजिओथेरापीको समेत संलग्नता रहेको छ ।

नेपालभरिका जलनका बिरामीहरु मात्र नभै, छिमेकी मुलुक भारतका बिरामीहरु पनि यस अस्पतालमा उपचारको लागी आउने गर्दछन् । सेन्टरल डिपार्टमेन्ट को केन्द्रीय प्रमुख प्रा.डा. जया प्रधानज्युले यो बिषयमा छात्राहरुको राम्रो उपस्थित रहेको जानकारी दिनुभयो । पहिलो ब्याचमा १३ जनाको सहभागीता थियो र उनीहरू सबै उत्रीण भइसकेको छ, र यो दोस्रो ब्याचमा पनि राम्रो सहभागीता  रहेका छन् भन्ने कुराको जानकारी दिनुभयो । नेपालमा पोषण बिषयमा अध्य्यनमा रुचि राख्ने छात्राहरुको संख्या दिनदिनै बढेको पाइएको छ । तर अझै पनि सबै अस्पतालमा पोषण विज्ञहरू नभएको पाइएको छ ।

बिरामिहरुको उपचारमा अरु चिकित्सकको जस्तै पोषणको पनि उतिकै महत्त्व रहेको जानकारी पोषण विज्ञ शाहले आफ्नो कुरा राख्नु भयो । सही मात्रामा उचित पोषणको मात्रा मिलाउनु अति नै आब्शयक रहेको समेत जानकारी दिनुभयो । अहिले बदलिदो जिवनशैलि र उचित खानपानको अभाबले नसर्ने रोगको कारण अनाहकामै ज्यान गुमाउन परेका छन् । त्यसैले हरेक बिरामिका लागी उचित तथा सन्तुलित भोजनको बारेमा जानकारी पाउनु एकदमै महत्वपुर्ण रहेको छ। 

 

Must View