नागरिक पोष्ट News


नर्भिकमा सहुलियत दरमा ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरी : शनिवारबाट सुरु हुने

1.1K

काठमाडौं :  नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान अन्तरगत आउने शनिवार वरिष्ठ अर्थोपेडिक सर्जन डा. ऋषि बिष्ट र अर्थोपेडिक्स तथा ट्रमा सर्जन डा.कुलदीप मंगल जोशी नेतृत्वको टिमले सेवा दिने भएको छ । 

नर्भिकमा कार्यरत वरिष्ठ अर्थोपेडिक सर्जन डा. बिष्ट र ट्रमा सर्जन डा. जोशीले फ्री ओपिडी सेवा दिने लाग्नु भएको हो । नर्भिकले आउने शनिवारदेखि नै सहुलियत दरमा घूँडा, तथा शरीरका अन्य जोर्नीसँग सम्बन्धित शल्यक्रिया (ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरी) समेत सुरु हुने घोषणा गरेको छ । शनिवारको फ्री ओपिडीमा आउने बिरामीहरुले समेत ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरीका लागि नाम टिपाउन सक्ने व्यवस्था मिलाइएको छ ।

बजारको भन्दा निकै सहुलियत दरमा ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरीको सेवा उपलब्ध गराइने नर्भिक इन्टरनेशनल अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले जानकारी दिएका छन् । हाडजोर्नीसँग सम्बन्धित समस्या भएका र शल्यक्रिया गर्नुपर्ने बिरामीहरुले फ्री ओपिडीको साथै सहुलियत दरको शल्यक्रिया सेवा समेत लिनसक्नेछन् । 

नर्भिकले विगत केही साता अघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी(सीएसआर) अन्तर्गत प्रत्येक शनिवार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । यही क्रममा शनिवार डा. बिष्ट र उनको टिमले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म नर्भिक अस्पतालमै बिरामीहरुलाई निःशुल्क ओपिडी सेवा दिनेछन् । 

Must View