नागरिक पोष्ट News


अब हिट गीत ‘सम्झिनी पानी छम्किनी’ नाम बाट फिल्म बन्ने तयारी

1.5K

काठमाडौं - हिट गीत सम्झिने पानी छम्किनेु लाई दर्शकले अत्याधिक माया दिएपछि यही गीतको नाम बाट फिल्म बन्ने भएको छ । यही गीतका गायक कम्पोजर तथा रचनाकार सम्राट् चौलागाँइले केही टिम सँग मिल्दै फिल्म बनाउने तयारी गरेका हुन् ।  

हाल फिल्मको स्क्रिप्ट लेखनमा काम भइरहेको छ । कमेडी जनरामा निर्माण हुन लागेको फिल्मलाई निर्देशक विक्रम स्वाँरले निर्देशन गर्ने छन् । सरकारले छायाङ्कनको अनुमति दिने बित्तिकै फिल्मको कामलाई अगाडी बढाउने निर्माण टिमको योजना छ ।

सम्राट्को अनुसार फिल्ममा मल्टिस्टारर कलाकार रहने छन् । गीतको पहिलो भाग हिट भए पस्चात उनले दोश्रो भागलाई बजारमा ल्याएका थिए । करिब एक महिना अगाडि तिज भर्सनमा सार्वजनिक भएको यो गीतलाई हालसम्म १ करोड माथि दर्शकले हेरी सकेका छन् ।

 गीतमा अभिनेता भुवन केसी र दीपाश्री निरौलाले जोडी बाँधेका छन् भने आकाश र स्वस्तिमालाई पनि जोडीको रूपमा देख्न सकिन्छ । गीतमा सम्राट्को अलावा रचना रिमाल, स्मिता दाहाल र ममता गुरुङको स्वर समावेश रहेको थियो ।  

Must View