एसिड पीडित आरती साहले पाए प्रदेश सरकारबाट ५ लाख सहयोग
714
जनकपुरधाम : जनकपुरधामका आफ्नै पतिबाट एसिडपीडित बनेकी आरती साहलाई प्रदेश सरकारले रु. ५ लाख सहयोग गरेको छ । बिहीबार साहलाई मुख्यमन्त्री लालबाबु राउतले रु ५ लाखको चेक हस्तान्तरण गर्नु भएको हो ।
गत साउन २९ गते बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले साहलाई रु ५ लाख सहयोग गर्ने निर्णय गरेको थियो । जनकपुरधाम उप महानगरपालिका वडा नम्बर ४ मा कोठा भाडामा लिएर बस्दै आएकी २१ बर्षीया आरतीलाई उनकै पति २४ बर्षीय संजिबले कात्तिक २९ गते बिहान ८ बजेर ३० मिनेटमा कोठामै आएर एसिड प्रहार गरेका थिए ।
एसिडले उनको शरीरको झण्डै आधा भाग जलेको छ । संजिबले पत्नी सहित ३ बर्षीया छोरी रियाको शरीरमा पनि एसिड फ्यालेका थिए । आरतीमाथि एसिड फ्याँक्ने उनका श्रीमानलाई धनुषा जिल्ला अदालतले दोषी ठहर गरेको छ भने बेच्ने नागेन्द्र साहलाई सफाई दिएको छ ।