नागरिक पोष्ट News


सुप्रसिद्ध भारतीय गायक कुमार सानु र नरहरि प्रेमीको गुनासो सार्बजानिक

4.5K

काठमाडौँ - सुप्रसिद्ध भारतीय गायक कुमार सानुको स्वरमा रहेको नेपाली गीत गुनासो सार्बजानिक भएको छ। चर्चित गायक/सङ्गीतकार नरहरि प्रेमीको सङ्गीतमा रहेको वियोगान्त भावको गीत गुनासो को भिडयो युटुब मार्फत सार्वजनिक भएको हो l

लामो समय अघिदेखि अमेरिकालाई कर्मथलो बनाईरहेका गीतकार गोविन्द गिरी ‘प्रेरणा’ को शब्दरचना र देवेन्द्र नेवाको सङ्गीत संयोजन रहेको छ l सार्बजानिक भिडियो सङ्गीतकार प्रेमी कै आधिकारिक युट्युब च्यानल Narahari Premee बाट रिलिज गरिएको हो ।

जीबी आग्रीको निर्देशन मा बनेको गीतको भिडियोमा डीबी रेउलेको सिनेम्याटोग्राफी र मिन दुलालको सम्पादन रहेको छ । भिडियोमा असद खान र वविता देवको अभिनय रहेको छ l

भिडियोमा अधुरो जीवन यात्रा र त्यो परिस्थितिबाट उत्पन्न पीडा देखाईएको छ भने मरेतुल्य जीवन भोगिरहेका नायकले आफ्नी पूर्व जीवन सङ्गिनीलाई सम्झिएर पश्चात्ताप गरेका छन् l यो गीतको फिमेल भर्सन पनि रेकर्ड भईसकेको छ l जसमा दिपिका श्रेष्ठले स्वर दिएकी छिन् l हेर्नुहोस तपाई पनि कुमार सानु र नरहरि प्रेमीको मनछुने गीत गुनासो !

 

 

Must View