सर्वोच्च अदालतद्धारा न्यायपालिकाको भ्रष्टाचार सम्बन्धी प्रतिवेदन सार्वजनिक
1K
काठमाडौं : सर्वोच्च अदालतले न्यायपालिकाको विकृति, विसंगति र भ्रष्टाचारबारे अध्ययन गर्न गठित समितिको प्रतिवेदन बुधबार सार्वजनिक गरेको छ । प्रवक्ता बाबुराम दाहालले बेवसाइटमा प्रतिवेदन राखिएको र सम्बन्धित निकायमा पनि पठाइएको छ ।
प्रवक्ता दाहालका अनुसार महान्यायाधिवक्ता कार्यालय, नेपाल बार काउन्सिल, नेपाल बार एसोसिएसन लगायतका निकायमा प्रतिवेदन पठाइएको छ । यो प्रतिवेदन न्यायपरिषदमा यसअघि नै पठाइसकिएको छ । न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले गत साउन १४ गते प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई प्रतिवेदन बुझाएको थियो । त्यसको केही दिनमा सर्वोच्च अदालत प्रशासनले सबै न्यायाधीशहरुलाई अध्ययनका लागि भन्दै प्रतिवेदन उपलब्ध गराएको थियो