नागरिक पोष्ट News


तीज गीतमा बिष्णु माझीको एक अलग्गै रेकर्ड

1K

काठमाडौं - लोकदोहोरी गीतकी सर्वाधिक चर्चित गायिका हुन् विष्णु माझी । सार्वजनिक रुपमा नदेखिने माझीका दर्जनौं गीत स्रोता तथा दर्शकले रुचाएका छन् । उनले स्वर भरेको थुप्रै तीज गीतलाई दर्शक तथा श्रोताले रुचाएका पनि छन् । जसको निरन्तरता हो, केही दिनअघि सार्वजनिक गीत ‘चरी जेलैमा’ । जसका कारण विष्णु फेरि चर्चामा छिन् ।

तीज नजिकिँदै गर्दा यो गीत युट्युबदेखि टीकटकमा निकै रुचाईएको छ । सार्वजनिक भएको एक साता नपुग्दै गीतले झण्डै ४० लाख भ्यूज पाएको छ । गीतमा विष्णुका श्रीमान् सुन्दरमणी अधिकारीको शब्द तथा संगीत छ । गीतका शब्दहरु सरल र मार्मिक छन् जसले स्रोताको ध्यान खिचेको छ ।

तीज गीतले मौलिकता गुमाईरहेको गुनासो आईरहेको अवस्थामा आएको यस गीतले श्रोता एवं दर्शकलाई छुट्टै स्वाद दिएको छ । नेपाली सांगीतिक क्षेत्रमा विष्णु माझीको एक अलग्गै रेकर्ड पनि छ । त्यो हो, एउटा तीज गीतको धेरै भाग ल्याउने गायिका । उनले हरेक वर्ष ‘पुतलीको भट्टी’को नयाँ–नयाँ भाग ल्याउँदै आएकी छिन् । यसवर्ष उनले ‘पुतलीको भट्टी’ भाग १७ का रुपमा ‘चरी जेलैमा’बोलको तीज गीत सार्वजनिक गरेकी हुन् ।

Must View