प्रहरीले नै पत्रकारको मोटरसाइकलमा लागूऔषध राखिदिएर पक्राउ गरेको पुष्टि
सीसी टीभी फुटेजमा प्रहरीद्वय यादव, शाह र उनीहरुले प्रयोग गरेका व्यक्ति ।
- दीपक कार्की
रौतहटमा निर्दोष व्यक्तिको मोटरसाइकलमा लागूऔषध राखेर पक्राउ गरिएको पुष्टि भएको छ ।
क्लोज सर्किट (सीसी) क्यामरामा लागूऔषध राखिदिँदै गरेको देखिने भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय, रौतहटले अनुसन्धान थालेको थियो । त्यसक्रममा घुमुवा प्रहरी सहायक निरीक्षक उदय यादव र प्रहरी जवान मनोज शाहले नातेदार धिरज यादवलाई प्रयोग गरेर लागूऔषध राखिदिएको पुष्टि भएको हो यस विषयमा प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ । प्रदेश नं. २ प्रहरी उच्च स्रोतका अनुसार प्रहरीद्वय यादव र शाहलाई निलम्बन गरेर अनुसन्धान गर्ने तयारी थालिएको छ ।
रौटहट प्रहरीले ३२ साउनमा पत्रकार मोहम्मद मोजुबुल्लाहलाई लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको जनाएको थियो । तर हालै भएको अनुसन्धानले होटलमा खाजा खान गएका वेला उनको मोटरसाइकलमा लागूऔषध राखिएको देखिएको छ र संलग्नता नदेखिएपछि छाड्ने तयारी गरीएको छ ।