नागरिक पोष्ट News


नेपाललाई हिन्दुराष्ट्र कायम गर्न माग गर्दै पूर्व सुरक्षाकर्मी परिषद्ले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

1.1K

काठमाडौं : नेपाललाई हिन्दुराष्ट्र कायम गर्न माग गर्दै पूर्व सुरक्षाकर्मी परिषद् नेपालले प्रधानमन्त्री शेरबहादर देउवालाई ज्ञापनपत्र बुझाएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुर्व सुरक्षाकर्मी परिषद् नेपालले सम्पुर्ण सुरक्षाकर्मीको हकहित र जनजीविकाको लागि १९ बुँदे माग प्रधानमन्त्री समक्ष बुझाएको पनि जानकारी दिएको हो ।

नेपालमा अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गरिएमा मुलुक ठुलो बिद्रोहको आँधी बेहरीमा फस्न सक्ने भएकोले हतारमा कार्यान्वयन नगर्न आग्रह, लोकसेवा आयोगबाट सुरक्षा निकायहरु लगायत राज्यका हरेक निकायहरुको कर्मचारीह नियुक्त गर्दा सुरक्षाकर्मीहरुको आश्रित परिवारहरुलाई १० प्रतिशत आरक्षण कोटा व्यवस्था गरिनुपर्ने लगाएका माग उनीहरुको छ । त्यस्तै १६ वर्षमा नै निवृत्तिभरण लिएमा सोही मितिबाट पेन्सन पाउने व्यवस्था गरिनुपर्ने, सुरक्षाकर्मीको आश्रित परिवारलाई निःशुल्क स्वास्थ्य तथा शिक्षाको व्यवस्था गर्नुपर्ने, पायक पर्ने स्थान विशेषमा भएका अन्य बैंकहरुबाट समेत निवृत्वभरण रकम भुक्तानी गर्नै वैकल्पिक व्यवस्था हुनुपर्ने लगाएका माग पनि अघि सारिएको छ ।

पत्रकार सम्मेलनमा परिषद्का केन्द्रीय अध्यक्ष केवी राउतले पुर्व सुरक्षाकर्मीको हकहितको पक्षमा प्रधानमन्त्री समक्ष राखिएको मागबारे जानकारी दिनुभयो । उहाले प्रधानमन्त्री समक्ष पेश गरेका १९ बुँदे मागहरु पढेर सुनाउदै आफ्ना मागका बारेमा प्रधानमन्त्री सकारात्मक रहेको बताउनुभयो । त्यस्तै सशस्त्र प्रहरीका पूर्व एआइजी तथा पुर्व सुरक्षाकर्मी परिषद् नेपालका सल्लाहकार डा. ठाकुरमोहन श्रेष्ठले सुरक्षाकर्मीहरुको अवस्था र समस्याको बारेमा प्रधानमन्त्री देउवालाई आफूहरुले जानकारी दिएको बताउनुभयो ।

पूर्व डिआइजी तथा पुर्व सुरक्षाकर्मी परिषद् नेपालका सल्लाहकार सुर्यप्रसाद उपाध्यायले ३० वर्ष नेपाल प्रहरीमा बिताएको स्मरण गराउँदै प्रहरी संगठित भनिएको भनिएपनि वास्तवमा संगठित भएको नपाइएको गुनासो गर्नुभयो । 

Must View