नागरिक पोष्ट News


" तपाइँको मास्क खोई " ? अभियान सञ्चालन

1.7K

" तपाइँको मास्क खोई " ?

कोरोनाबाट आफू पनि वचौ र अरुलाइ पनि बचाऔ,

भन्ने नाराका साथ  इनरव्हील क्लब अफ कीर्तिपुर र रोटरी क्लब अफ कीर्तिपुरको सम्युक्त टोलीले बाघभैरब स्थानमा मास्क जनचेतना तथा वितरण कार्यकर्म सम्पन्न गरयो । गाइजात्राको उपलक्ष्यमा भाद्र ६ गते बेलुकी ५ - ७ बजे र सोमबार बिहान १० देखी १ बजे सो कार्यकर्म सम्पन्न गरिएको थियो ।

सोमबार दिउँसो रोटरियन तथा समाबेशी रविन्द्र बहादुर प्रधानको सम्योजकत्वमा निजकै निवास स्थानमा मास्क बैंकको पनि स्थापना गरियो। उक्त कार्यकर्ममा इनरव्हील क्लब अफ कीर्तिपुरकी अध्यक्ष सुशीला मानन्धर्,  रोटरी क्लब अफ किर्तिपुरका अध्यक्ष राज्य लक्ष्मी बैदार्, लायन्स क्लब काठमान्डौ किपुका अध्यक्ष सुरेन्द्र बज्राचार्य , लियो क्लब किपु लगायत  क्लबका सबै सदस्यहरुले आ आफ्नो बिचार राख्नु भयो । अहिलेको  विषम परिस्थितिमा  सामाजिक दुरी सहित मास्क बाँड्न र मास्क बैंक स्थापना गर्नु धेरै नै राम्रो कार्य सम्पन्न भएको सबैले आफ्नो धारणा व्यक्त गर्नु भयो । गाइजात्रा जस्तो ठूलो पर्बमा हुल हुनु तँ स्वाभाबिक नै हो, झन यस्तो बेला एउटा  मास्कको प्रयोगले सबैजना बच्नु र बचाउनु हाम्रो दायित्व पनि हो भन्ने भनाइ यस क्लबको अध्यक्षको रहेको छ । यस्ता सामाजिक कार्यकर्महरु इनरव्हील क्लब अफ किर्तिपुरले गर्दै आइरहेको छ । 

Must View