नागरिक पोष्ट News


पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध जनकपुरधाममा विरोध प्रदर्शन

1.2K

जनकपुरधाम : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्व गरेको भन्दै जनकपुरधाममा विरोध प्रदर्शन गरिएको छ । मंगलबार नेकपा एमाले निकट राष्ट्रिय यूवा संघ नेपालका नेता–कार्यकर्ताले स्थानीय शिव चोकमा टायर बालेर प्रदर्शनमा उत्रिएका हुन् ।

यूवा संघले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चर्को नाराबाजी गरेका छन् ।  संघका केन्द्रीय सचिवालय सदस्य जानी खानले सरकारले गरेको मूल्य वृद्धिले विद्यार्थी र जनता निकै मारमा पर्ने भएकाले मुल्य वृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् । सरकारले मुल्य वृद्धि फिर्ता नलिए आफूहरु चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् ।

निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँले वृद्धि गरेको थियो । 

Must View