माधव नेपालका नेतालाई निर्वाचन आयोगले समय तोकेरै बोलायो
770
काठमाडौं - पूर्वप्रधानमन्त्री माधव कुमार नेपालकाे नेतृत्वमा गठन भएकाे प्रस्तावित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दल दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोगले नेताहरुलाई समय तोकेर बोलाएको छ ।
एमालेबाट अलग्गिएर माधवकुमार नेपालले एकीकृत समाजवादी दल दर्ताका लागि आयोगमा दिएको निवेदनउपर कारबाही प्रक्रिया अघि बढाइएको हो ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले एकीकृत समाजवादी दल दर्ताका लागि नेताहरुको सनाखत गर्न बुधबार बिहान साढे ११ देखि दिउँसो २ बजेसम्म कार्यालयमा उपस्थित हुन समय तोकेको जानकारी दिनु भएकाे छ ।
एकीकृत समाजवादी पार्टीका नेताहरु अहिले चन्द्रागिरीमा भेलामा छन् । बेलुकासम्म नेताहरु फर्कने तयारीमा रहेका बताइएकाे छ ।