बिग मर्जरको तयारीमा रहेका हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकमध्ये कुन बलियो ?
-दीपक कार्की
काठमाडौं - बिग मर्जरको तयारीमा रहेका हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । मर्जरका लागी प्रारम्भिक सम्झौतमा हस्ताक्षर गरिसकेका दुबै बैंकले कात्तिकसम्म एकिकृत कारोबार गर्ने तयारी थालेका हुन् । गत आर्थिक बर्षको असार मसान्तसम्म यी दुबै बैंकमध्ये कुन बलियो रहेको छ भनेर यहाँ विभिन्न सूचकमा तुलना गरिएको छ । जसमा अधिकांश सूचकमा नेपाल इन्भेष्टमेन्ट बैंक अगाडि र बलियो देखिएको छ भने हिमालयन बैंक पनि केही सूचकमा अगाडि र बलियो रहेको छ ।
गत आर्थिक असार मसान्तसम्म हिमालयन बैंकभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकले बढी खुद नाफा आर्जन गरेको छ । हिमालयन बैंकले २ अर्ब ९९ करोड ८० लाख रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट बैंकले ३ अर्ब ६५ करोड १४ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
खुद ब्याज आम्दानीमा पनि नेपाल इन्भेष्टमेन्ट बैंकले नै बढी आर्जन गरेको छ । हिमालयन बैंकले ३ अर्ब ७८ करोड ८२ लाख ६ हजार रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट बैंकले ५ अर्ब ५९ करोड ३० लाख ५४ हजार रुपैयाँ खुद ब्याज आर्जन गरेको छ ।
गत आर्थिक बर्षको असार मसान्तसम्म हिमालयन बैंकले खुद फि तथा कमिशन आम्दानी ६९ करोड ८२ लाख ६५ हजार रुपैयाँ आर्जन गरेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकले खुद फि तथा कमिशन आम्दानी १ अर्ब ११ करोड ६६ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ ।
हिमालयन बैंकको सञ्चालन मुनाफा ४ अर्ब ३० करोड ७७ लाख ५७ हजार रुपैयाँ रहेको रहेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालन मुनाफा ५ अर्ब २५ करोड ५१ लाख ८७ हजार रुपैयाँ रहेको छ ।
हिमालयम बैंकको कूल सञ्चालन मुनाफा ७ अर्ब ३६ करोड ९१ लाख २१ हजार रुपैयाँ रहेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको कुल सञ्चालन मुनाफा ८ अर्ब ४८ करोड १७ लाख ६६ हजार रुपैयाँ रहेको छ ।
हिमालयन बैंकको वितरणयोग्य मुनाफा २ अर्ब १६ करोड ९८ लाख ८४ हजार रुपैयाँ रहेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको वितरणयोग्य नाफा १ अर्ब ९९ करोड ३३ लाख १४ हजार रुपैयाँ रहेको छ ।
हिमालयन बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा १४ करोड ५३ लाख २२ हजार रुपैयाँ रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको इम्पेरमेन्ट चार्ज ३७ करोड ७९ लाख १३ हजार रुपैयाँ रहेको छ ।
हिमालयन बैंकको चुक्ता पूँजी १० अर्ब ६८ करोड ४४ लाख रुपैयाँ, जगेडा कोष ९ अर्ब ३९ करोड ६१ लाख २३ हजार रुपैयाँ, निक्षेप १ खर्ब ४१ अर्ब २ करोड १० लाख ७४ हजार रुपैयाँ र कर्जा १ खर्ब २६ अर्ब २ करोड ९७ लाख ८१ हजार रुपैयाँ रहेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी १६ अर्ब २५ करोड ७३ लाख ३० हजार रुपैयाँ, जगेडा कोष १६ अर्ब ९७ लाख ४८ हजार रुपैयाँ, बैंकको निक्षेप १ खर्ब ७४ अर्ब ५५ करोड ७७ लाख ४ हजार रुपैयाँ र कर्जा १ खर्ब ५६ अर्ब ८९ करोड १८ लाख ६ हजार रुपैयाँ रहेको छ ।
हिमालयन बैंकको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ६ पैसा, मूल्य आम्दानी अनुपात १७।२५ गुणा र प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ९४ पैसा रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ४६ पैसा, मूल्य आम्दानी अनुपात २०।३८ गुणा र प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ४८ पैसा रहेको छ ।