वातावरण मैत्री समाज नेपालको उदाहरणीय कार्य
काठमाण्डौ - वातावरण मैत्री समाज नेपालले आफ्नो स्थापना काल देखिनै विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दे आई रहेको छ । त्यस्तै यस सस्थाले नाम अनुसारनै काम पनि गर्दे आएको छ यस सस्थाले हरेक शनिबार सरसफाई अभियान पनि सञ्चालन गर्दे आईरहेको छ । त्यती मात्र नभएर यस सस्थाले आय आर्जन कम भएका व्यक्ति तथा परिवारलाई पनि सहयोग गर्दे आएको छ । यस्तै ललकडाउनको समयमा पनि यस सस्थाले विभिन्न ठाउँमा दैनिक ज्याला मजदुरी गरी खाने व्यक्तिहरुको लागि खाना खुवाउने कार्यक्रम पनि गरिरहे जानकारी नागरिकपोष्ट अनलाईनलाई सस्थाका अध्यक्ष राधेश्याम मिश्रले जानकारी गराए । त्यस्तै व्यवसायी स्याम भट्टराइको सहयोगमा सुकुम्बासी बस्तीका दुई जना वालवालिकाहरुलाइृ वातावरण मैत्री समाजले विद्यालय भर्ना गरेको छ । अहिले लाई एक वर्ष सम्म भनेर त्रीपुरेश्वर स्थित विस्व विद्या निकेतनमा उनिहरुलाई भर्ना गरिएको र सहयोग जुट्दै गए आगामी दिनहरुमा पनि ति वालवालिकाहरुको शिक्षा दिक्षा निरन्तर राख्ने वातावरण मैत्री समाजका अध्यक्ष राधे श्याम मिश्रले बताए । मिश्र लगायत उनको संस्थाले काठमाण्डौ महानगरपालीका वडा नम्बर ( ११ बन्सीघाट का रोयल श्रेष्ट र कौशल थापालाई क्रमशः एल केजी र नर्सरीमा भर्ना गरेका हुन् । वातावरण सरसफाई र जगेर्ना गर्ने उदेश्यले स्थापना गरिएको वातावरण मैत्री समाजले विभिन्न सामाजिक कार्यहरुमा पनि सक्रिय भमिका खेल्दै आइृरहेको छ ।