नागरिक पोष्ट News


रुपन्देहीको तिलोत्तमा नगरपालिकाले घरको नक्सा अनलाइनबाटै

1K

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले घरको नक्सा अनलाइन अर्थात् इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईभीपीएस) कम्युटर सफ्टवेयरबाट पास हुने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । 

पेपरलेस नगरपालिकाको अवधारणाअनुसार अघि बढेको तिलोत्तमाले घर—नक्साको काम विद्युतीय नक्सा पास प्रणालीबाट गर्ने व्यवस्था मिलाएको हो । 

नगरपालिकामा राजस्व भुक्तानीलगायतका विभिन्न सेवा प्रवाहका काम अनलाइनबाट हुँदै आएका छन् । छिटो—छरितो सेवा प्रवाहको साथै नगरबासीको सहजता र भवन निर्माण मापदण्डलाई थप प्रभावकारी बनाउन नक्सा पासलाई अनलाइन प्रणालीमा लगिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो ।   

Must View