नागरिक पोष्ट News


‘कफि बेबी’ उद्घाटन गर्न पुगिन् पूजा

1.2K

काठमाडौं – नायिका पूजा शर्माले काठमाडौंका लाजिम्पाटमा संचालनमा आएको ‘कफि बेबी’को उद्घाटन गरेकी छिन् । पूजाले रिबन काटेर आजैबाट संचालनमा आएको ‘कफि बेबी’को उद्घाटन गरिन् । उनीसँगै, संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल पनि उद्घाटन कार्यक्रममा पुगेका थिए ।

पूजाले आफू कफि लभर नभएको बताइन् । तर, साथीहरुसँग कफि सपमा पुगेर समय बिताउन भने रमाइलो लाग्ने उनको कथन थियो ।

पूजाले रक्षा बन्धनको दिनमा आफ्नो दाजुभाई नभएपनि मिस नहुने तर्क गरिन् । भनिन्–‘आफ्नै आमाको कोखबाट जन्मिएका दाजुभाई नभएपनि मैले चलचित्र क्षेत्रमा लागेर धेरै दाजुभाई बनाएकी छु । यसैले पनि मलाई आफ्नै दाजुभाई भैदिएको भए हुन्थ्यो भन्ने सोच कहिले पनि आउँदैन ।’

संगीतकार अर्जुन पोखरेलले दुर्गा खरेलका कारण आफूले पनि कफि पिउन थालेको तर्क गरे ।

Must View