नागरिक पोष्ट News


त्रिभुवन विश्वविद्यालयको कुनै तहको परीक्षा नरोकिने

889

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले प्रकाशित तालिका अनुसार नै परीक्षा सञ्चालन गर्ने भएको छ । सरकारले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै नियमित परीक्षा सञ्चालन गर्न अनुमति दिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यसअघि विश्वविद्यालयले भदौ महिनामा सञ्चालन गर्ने विभिन्न तहको परीक्षा तालिका सार्वजनिक गरिसकेको छ ।

भदौ ११ गतेबाट स्नातक तहको कानुनतर्फ एलएलबी प्रथम वर्षको परीक्षा सञ्चालन गर्ने विश्वविद्यालयको कार्यतालिका छ । यसपछि स्नातक तह एक वर्षे बीएड र वार्षिक परीक्षा प्रणालीअनुसारको स्नातकोत्तर तहको दोस्रो वर्षको परीक्षा सञ्चालन हुदैछ । 

सीसीएमसीले आगामी दिनको परीक्षा सञ्चालनको अनुमति दिनुृअघि हाल सञ्चालित विभिन्न तहको परीक्षाको निरीक्षणसमेत गरेको थियो । निरीक्षणका क्रममा सीसीएमसीका अधिकारीहरूले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण कार्यान्वयन गर्न लिखित रूपमै विश्वविद्यालयलाई सुझाव दिएका छन् ।

विश्वविद्यालयका अधिकांश शिक्षक, कर्मचारीले कोरोनाविरुद्धको खोप लगाइसकेका र विद्यार्थीलाई खोपको प्रबन्ध मिलाइएकाले अब नियमित रूपमा परीक्षा सञ्चालन हुने भएको हो ।

Must View