नागरिक पोष्ट News


स्मारिकासँग सम्बन्ध विच्छेद भएपछी यसो भन्छन पति विवेक-

1.4K

काठमाडौँ, टिकटकबाट सबैमाँझ चिनिएकी टिकटक स्टार अर्थात् मोडेल स्मारिका ढकालको सम्बन्ध बिच्छेद भएको छ । केहि समय अगाडी देखि स्मारिका ढकाल र उनका पति विवेक अधिकारीको सम्बन्ध बिच्छेदको खबर सामाजिक संजाल टिकटकमा छ्यापछ्याप्ति भएको थियो।

तर यी दुईले यसबारे सामाजिक संजालमा मुख खोलेका थिएनन्। हालै मोडेल स्मारिकाको पति विवेकले आफुहरुको सम्बन्ध विच्छेद भएको बतएका छन्। सामाजिक संजालमा स्मारिकालाई लिएर विभिन्न थरिको टिकाटिप्पणी आएपछि उनले सामाजिक संजालमा लाइभ आएर यस कुराको जानकारी दिएका हुन्।

विवेकले आफुलाई मिडियामा आएर बोल्न मन नभएको तर धेरै जनाले जिज्ञासा राखेकोले बोल्न बाध्य भएको बताएका छन्। उनले आपसी समझदारीमा आ-आफ्नै ढंगले करिअर अघि बढाउने भनेर आफुहरु राजीखुशीले छुट्टिएको बताएका छन्। स्मारिका टिकटकमा लाइभ आउँदा उनीमाथि धेरै ‘एब्यूज’ र नराम्रो कमेन्ट आएको भन्दै उनले यस्तो नगर्न आग्रह गरेका छन्।

साथै धेरैले सेलिब्रेटी भएर पैसा कमाएपछि बुढालाई छोडिस भन्ने आरोपहरु गलत भएको अधिकारीले बताएका छन्। उनले सम्बन्ध तोडिनुमा सबैको आ-आफ्नो व्यक्तिगत समस्या हुने बताएका छन्। विवेकले स्मारिकालाई कुनै पनि किसिमको आरोप नलगाउनु भन्दै उनको करिअर राम्रो होस भनेका छन्।

साथै आफुहरु दुवै जनाले एक-अर्कालाई घृणा नगर्ने समेत बताएका छन्। उनीहरुको डिभोर्स के कारणले भएको हो त्यो भने उनले खुलाएका छैनन्।

Must View