नागरिक पोष्ट News


३६ हजार आठ सय ५९ जनाले मानुषी लघुवित्तको शेयर हात पारे

1.1K

काठमाडौं, ७ भदौ । मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर ३६ हजार आठ सय ५९ जना सर्वसाधारणले हात पारेका छन् । जसमध्ये तीन जनाले ११ कित्ता र ३६ हजार आठ सय ५६ जनाले १० कित्ता शेयर पाएका छन् ।

मानुषीको आइपीओमा कुल २३ लाख ६१ हजार आठ २७ जनाले आवेदन दिएकोमा सात हजार ४३ जनाको आवेदन रद्द भएको छ । रितपूर्वक आवेदन दिएका २३ लाख ५४ हजार सात सय ८४ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो । मानुषीले साउन २७ गतेदेखि ३१ गतेसम्म कुल तीन लाख ९३ हजार सात सय ७५० कित्ता आइपीओ निष्कासन गरेको थियो ।

Must View