नागरिक पोष्ट News


पेट्रोलियम पदार्थ उत्खननमा चासो दिन अध्यक्ष ओलीको आग्रह

854

काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा पेट्रोलियम पदार्थ उत्खननकाे सम्भाव्यता अध्ययनको काममा चासो दिन कर्णाली प्रदेशका नागरिक समाज र पत्रकारलाई आग्रह गर्नुभएको छ ।

त्यहाँ पेट्राेलियम पदार्थ उत्खनन भएपछि देशकाे आर्थिक उन्नतिमा ठूलो योगदान पुग्ने भएकाले यस काममा ढिलाइ गर्न नहुने उहाँको भनाइ छ । अध्यक्ष ओलीको निवास बालकोटमा कर्णाली प्रदेशका नागरिक र पत्रकारसँग आज भएको भेटघाटमा उहाँले ठूला पूर्वाधार विकास समयमा सम्पन्न भएमा त्यसको लाभ नागरिकलाई हुने भएकाले यस्ता काममा निरन्तर खबरदारी गर्न आग्रह गर्नुभयो । 

अध्यक्ष ओली प्रधानमन्त्री हुँदा दैलेखको नाभिस्थान, शिरस्थान, पादुका, धुलेश्वर, कोटीलालगायतका क्षेत्रमा चीन सरकारसँग जीटुजी सम्झौता गराइ सम्भाव्यता अध्ययनको काम थालिएको थियो ।

Must View