नागरिक पोष्ट News


कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ७ जनाको मृत्यु,

1.3K

गण्डकी : कोरोनाका कारण गण्डकी प्रदेशमा आइतबार थप ७ जनाको मृत्यु भएको छ । मृत्यु हुने कास्कीका ३ जना, स्याङ्जाका २ जना, तनहुँ र म्याग्दीका १–१ जना रहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा गण्डकीमा २८८ जना संक्रमित थपिएका छन् ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ७८ हजार ७५७ पुगेको छ । गत २४ घण्टामा थपिएका संक्रमितमध्ये कास्कीका १७५ जना, म्याग्दीका ३१, तनहुँका २५, स्याङ्जाका २१ जना छन् । यस्तै गोरखामा १७, लमजुङमा ९, नवलपरासी पूर्वमा ८ र बागलुङमा २ जनामा संक्रमण पुष्टि भएको छ ।

Must View