नागरिक पोष्ट News


देशभरका अस्पतालका लागि २० हजार स्वास्थ्यकर्मी थप्नुपर्छ : स्वास्थ्यमन्त्री श्रेष्ठ

1.5K

चितवन : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले देशभरका सबै अस्पतालहरूका लागि २० हजार चिकित्सक तथा स्वास्थ्यकर्मी थप्नुपर्ने बताउनु भएको छ ।

गरीब जनताले सहज उपचार पाउनका लागि जनशक्ति थप गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनु भयो । भरतपुर अस्पतालमा आइतबार आयोजित स्वागत कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले चिकित्सक, नर्स र पारामेडिकलको दरबन्दी थप्नुपर्ने आवश्यकता देखिएको समेत बताउनु भयो । सरकारी अस्पतालहरुलाई स्रोत, साधन, र जनशक्ति अभाव हुन दिन नहुनेमा जोड दिनुभयो ।  भरतपुर अस्पतालले सम्पूर्ण सेवा दिन नसकेका कारण भरतपुरका गल्ली–गल्लीमा अस्पताल खुलेको भन्दै राज्यमन्त्री श्रेष्ठले अस्पताललाई के उपकरणको समस्या हो त्यसबारेमा जानकारी दिन आग्रह गर्नु भएको छ ।

आगामी असोजभित्र ३३ प्रतिशत जनसंख्यालाई र चैत महिनाभित्र शतप्रतिशत जनसंख्यालाई कोरोना विरुद्धको खोप लगाइने ठो्कुवा समेत गर्नुभयो । राज्यमन्त्री श्रेष्ठले नेपालमा सबै जनसंख्यालाई करीब पाँच करोड ५० लाख खोप आवश्यक रहेकोमा पाँच करोड २५ लाख खोपको सम्झौता भइसकेको जानकारी दिनुभयो । 

Must View