नागरिक पोष्ट News


नायक के.सि.ले गाए जन्मथलो विश्व सामु चिनाउने गीत

1.3K

काठमाण्डौ - वि. स. २०४४ सालमा दोलखाको झ्याकुमा जन्मिएर २०६६ सालदेखि नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरि आफुलाई स्थापित गर्दै विभिन्न नेपाली चलचित्रहरु मार्फत नेपाली दर्शकको मन जित्न सफल कलाकार हुन नायक दिनेश के।सि। ।

फरक, फरक चरित्रको अभिनय मार्फत आफुलाई पर्दामा देखाउन रुचाउने नायक के। सि। केही न केही फरक काम गरिरहन रुचाउँछन् ।

यसै सन्दर्भमा कोभिडले गर्दा चलचित्र क्षेत्र सिथिल रहेको अबस्थामा आफू जन्मेको जिल्लालाई विश्वब्यापी रुपमा चिनाउन पर्छ भन्ने उदेश्यले उनले हालै ‘हाम्रो दोलखा राम्रो दोलखा’ बोलको गीतमा उनले आफ्नो सुमधुर स्वर भरेका छन् ।

आफ्नो पहिलो गायन प्रयासलाई विभिन्न सर्जकहरुबाट पाएको हौसलाले उनि निकै उत्साहित छन् ।

बिश्वका करिब १८ भन्दा बढी देशको भ्रमण गरिसकेका नायक दिनेश के।सि। बिश्वको जुनसुकै कुनामा पुगेपनि आफू जन्मेको ठाउँ र आफ्नो देशलाई कहिले बिर्सन नहुने उनको भनाई छ । त्यसैले आफ्नो यहि सोचाइलाई गीत मार्फत व्यक्त गर्न पाउदा आफू एकदमै खुसी र सन्तुष्ट भएको उनले बताए ।

दोलखा जिल्लामा भएको विभिन्न पर्यटकीय स्थल, धार्मिक स्थल, कला र संस्कृति झल्काउने गरि उक्त गीतको भिडियोको निर्माण गरि विश्वका आमदर्शक माझ दोलखा जिल्लाको सौन्दर्यताको बारेमा जानकारी गराउने नायक के।सी। ले बताए ।

‘हाम्रो दोलखा’ बोलको मातृभुमिको बर्णन गरिएको गीतको रचनाकार अमृत भारती हुन भने लय रामकुमार नेपालीको रहेको छ । सङ्गीत संयोजन सञ्जय श्रीपालले गरेका हुन ।

Must View