नागरिक पोष्ट News


गायक बिन्ती कुमार गुरुङको चोखो मायालाई अञ्जु पन्तको साथ

1.1K

काठमाण्डौ - गायक बिन्ती कुमार गुरुङको 'चोखो माया' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । स्वयम गायक गुरुङकै शब्द, संगीतमा तयार पारिएको गीतमा उनलाई सुमधुर स्वरकी धनी चर्चित गयिका अञ्जु पन्तले स्वरमा साथ दिएकी छिन ।

गायक बिन्ती कुमार गुरुङको जन्मदिनको अवसर पारी एक कार्यक्रमका बीच सो भिडियो सार्वजनिक गरिएको हो । रोदी घरमा नाच्दै गौँउदै हुर्किएका, गुरुङ समाजमा जन्मिएका गायक बिन्ती कुमार गुरुङ अहिले परदेशमा छन । परदेशमा रहेर पनि नेपाल र नेपाली गीत संगीत अझै भुलेका छैनन, गीत संगीतप्रतिको मोह घटेको छैन । “आज परदेशमा छु तर नेपाली गीत संगीतको माया र मोह भने अझै मेरो नसा नसामा कुदिरहेको छ । कति खेर समय मिल्ला र नयाँ नयाँ गीत संगीतहरु दर्शकश्रोता माझ पस्किउ भन्ने हतार भईरहन्छ”, गायक गुरुङले तेजनेपाललाई बताए ।

गीतमा लहङ सुब्बाको संगीत संयोजन, सन्दिप बान्तवाको मिक्सिङ मास्टरिङ रहेको छ । रोमान्टिक शैलीको गीतको भिडियोमा अहिलेकी चर्चित तथा युवाहरुको मन मुटुमा राज गर्न सफल नायिका नम्रता सापकोटा तथा ह्यान्ड्सम मोडेल कमल सिंहको अभिनय तथा भरपुर रोमान्स देख्न सकिन्छ । ज्यास्मिन कृयशनको प्रस्तुति रहेको भिडियोलाई लामो समयदेखि भिडियो निर्देशन गरिरहेका निर्देशक र्‍यान कार्कीले निर्देशन गरेका छन भने कोरियोग्राफी सुरेन्द्र बसेलको रहेको छ । भिडियोमा बुद्ध थापाको छांयाकन, बिष्णु खडकाको सम्पादन तथा कलरिङ्ग, पोष्टर डिजाईनिङ रहेको छ । भिडियोलाई गायक बिन्ती कुमार गुरुङको आफ्नै होम प्रोडक्सनको अफिसियल युट्युब च्यानल ज्यास्मिन कृयशन मार्फत सार्वजनिक गरिएको छ ।

 

Must View