नागरिक पोष्ट News


लायन्स क्लब अफ काठमाडौ हाईभिजनद्धारा कलंकीमा रक्तदान कार्यक्रम सम्पन्न (फोटोफिचर)

3.2K

- सबु बस्नेत

काठमाण्डौँ  लायन्स क्लब अफ काठमाडौ हाईभिजनले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रगत जिबनको एक अमूल्य र अपरिहार्य पदार्थ हो, यो बिना जीवन कल्पना गर्न पनी सकिँदैन । आज बिभिन्न रोगका कारण बिरामीहरु अस्पतालका शैयाहरुमा रगतको अभाबले छट्पटाई रहेकाछन । ती तमाम बिरामीहरुको जीवन रक्षाका लागि रगत संकलन गरि जिवनदान दिने तपाईं हामी सबैको सामाजिक कर्तब्य हो । यही कुरालाई मध्यनजर राखी रक्तदान कार्यक्रमको आयोजना गरेको लायन्स क्लब अफ काठमाडौ हाईभिजनका अध्यक्ष प्रकाश गजुरेलले नागरिकपोष्टलाई जानकारी गराउनु भयो ।

त्यस्तै आज तपाईं हामिले गरेको सानो सानो सहयोगले कसैको अमूल्य जीवन बांच्न सक्छ भने यहि नै हो मानबिय सेवा, यहि नै हो समाजिक कार्य र यहि नै हो हाम्रो आत्म सन्तुष्टि  त्यसैले उक्त पबित्र कार्यमा सबैलाई स्वास्थ्य मापदण्ड र सामाजिक दुरि कायम गरि रक्तदान कार्यक्रममा सहभागी हुन अपिल गर्दे बरिष्ठ समाजसेवी प्रलहाद खकुरेलले सबैलाई कोरोना महामारीमा सुरक्षीत हुन समेत आग्रह गर्नुभयो ।

लायन्स क्लब अफ काठमाडौ हाईभिजनले आयोजना गरिएको रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेको अध्यक्ष गजुरेले जानकारी दिनुु भयो। 

लायन्स क्लब अफ काठमाडौं हाईभिजन (१३६१४२ ) ले आयोजना गरेको रक्तदान कार्यक्रमा उत्साहजनक रुपमा उपस्थित भई रक्तदान गर्नुहुने सम्पुर्ण रक्तदाताहरुप्रति हार्दिक आभार तथा धन्यवाद समेत अध्यक्ष गजुरेले दिनुभयो । साथै उक्त कार्यक्रम सम्पन्न गर्न थप हौसला प्रदान गर्नुहुने उपस्थित सम्पुर्ण आदरणीय डिष्ट्रक ३२५ए२ का गवर्नर लायन केशब पाण्डे ,1stVDG लायन दिनेश प्रसाद श्रेष्ठ ,2nd VDG लायन उत्तम झा , पिडिजि बिजु बज्राचार्य कामनपा १४ वडाका वडाअध्यक्ष शोभा सापकोटा ,क्लस्टर १ का क्लस्टर चिप शुरेसचन्द्र वैद्यज्यु र प्राबिधिक सहयोग पुर्याउनुहुने नेपाल रेडक्रस सोसाइटी , सुरक्षा निकाय,हल (ठाउँ )उपलब्ध गराउने युनिक पार्टी प्यालेश कलंकी र कार्यक्रम सम्पन्न गर्न बिबिध सहयोग गर्नुहुने ( फलफुल=धना अधिकार ,स्टेशनरि =दिपक अधिकार ,अण्डाचना=सुधा देवकोटा ) लगाएत सम्पुर्ण उपस्थिति लायन्स लिडर तथा लायन्स मित्रहरुप्रति आयोजक टिमले हार्दिक धन्यवाद समेत व्यक्त गरेको छ। आगामी दिनमा पनि लायन्स क्लब अफ काठमाडौं हाईभिजनले यस्ता सामाजिक कार्य गर्दे जाने पनि आयोजक टिमले जानकारी गराएको छ ।

Must View