लायन्स क्लब अफ काठमाडौ हाईभिजनद्धारा कलंकीमा रक्तदान कार्यक्रम सम्पन्न फोटोफिचर
सबु बस्नेत, काठमाण्डौँ - लायन्स क्लब अफ काठमाडौ हाईभिजनले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रगत जिबनको एक अमूल्य र अपरिहार्य पदार्थ हो, यो बिना जीवन कल्पना गर्न पनी सकिँदैन । आज बिभिन्न रोगका कारण बिरामीहरु अस्पतालका शैयाहरुमा रगतको अभाबले छट्पटाई रहेकाछन । ती तमाम बिरामीहरुको जीवन रक्षाका लागि रगत संकलन गरि जिवनदान दिने तपाईं हामी सबैको सामाजिक कर्तब्य हो । यही कुरालाई मध्यनजर राखी रक्तदान कार्यक्रमको आयोजना गरेको लायन्स क्लब अफ काठमाडौ हाईभिजनका अध्यक्ष प्रकाश गजुरेलले नागरिकपोष्टलाई जानकारी गराउनु भयो ।
त्यस्तै आज तपाईं हामिले गरेको सानो सानो सहयोगले कसैको अमूल्य जीवन बांच्न सक्छ भने यहि नै हो मानबिय सेवा, यहि नै हो समाजिक कार्य र यहि नै हो हाम्रो आत्म सन्तुष्टि त्यसैले उक्त पबित्र कार्यमा सबैलाई स्वास्थ्य मापदण्ड र सामाजिक दुरि कायम गरि रक्तदान कार्यक्रममा सहभागी हुन अपिल गर्दे बरिष्ठ समाजसेवी प्रलहाद खकुरेलले सबैलाई कोरोना महामारीमा सुरक्षीत हुन समेत आग्रह गर्नुभयो ।
लायन्स क्लब अफ काठमाडौ हाईभिजनले आयोजना गरिएको रक्तदान कार्यक्रममा १०० जना भन्दा बढीले रक्तदान गरेको अध्यक्ष गजुरेले जानकारी दिनुु भयो।