नागरिक पोष्ट News


हाँस्य कलाकार शम्भुराज थापा (बखते) को निधन

1.4K

काठमाडौं – वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ ।

शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको कलाकार जीवन थापाले बताउनुभयो । एक महिनाअघि कोरोना सक्रमित भएका थापालाई पाटन अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा ६४ वर्षको उमेरमा थापाको निधन भएको हो । 

थापाले टेलिफिल्म हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गरेका थिए । चलचित्रहरू, विज्ञापनमा पनि उनी देखिँदै आएका थिए । थापाका श्रीमती, एक छोरो र एक छोरी छन् ।

Must View