प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७८ पास
728
काठमाडौं - प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७८ पास गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले छलफलका क्रममा आएका सुझावलाई समेत समेटेर बार्षिक प्रतिवेदन पारित गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले प्रत्यायोजित विधायन सम्बन्धी अध्ययन गर्न उपसमिति गठन समेत गरेको छ ।
उपसमितिले सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४, प्रत्यायोजित विधायन अनुसार नियमावली, कार्यविधि र निर्देशिकाहरु तयार भए/नभएको अध्ययन गर्ने समिति सभापति शशि श्रेष्ठले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को कार्यालयबाट अध्ययन सुरु गरेर अन्य निकायमा समेत उपसमितिले अध्ययन गर्ने उहाले बताउनुभयो ।
बैठकमा सांसदहरुले बिभिन्न बिषयमा सरकारको ध्याकर्षण गराउदै समितिलाई थप प्रभावकारी बनाउदै लैजानुपर्नेमा जोड दिएका थिए ।