नागरिक पोष्ट News


नेपाली युवक र भारतीय युवतीको प्रेमकथाः बाफ (भिडियोसहित)

1K

३१ साउन, गोरखा । तिनपाते अनि के माया लाग्छ र रु जस्ता वहुचर्चित गीत र तिनका म्यूजीक भिडियो बनाएर करोडौं नेपाली दर्शकश्रोताको माया पाउन सफल आर्टमाण्डु स्टुडियोले “बाफ” बोलको म्युजिकल फिल्म रिलिज गरेको छ ।

कथात्मक शैलीमा भिडियो बनाएर अलग्गै पहिचान र स्वाद पस्कन खप्पीस आर्टमाण्डु स्टुडियोले यस बाफ गीतमा पनि तिनपाते कै गायक तथा संगीतकार सुजन चापागाँई र गायिका विधा तिवारीको आवाज साभार गरेको छ । नेपाली गाँउ, परिवेश र अर्गानीक नेपाली कथाहरुलाई समावेश गरेर बनाइएका के माया लाग्छ र अनि तिनपातेका भिडियोहरु नै यूट्यूबमा लगभग ४ करोड हाराहारीमा हेरिएको छ । मुलधारको सञ्चार माध्यमहरु भन्दा फरक तर जनजिब्रोमा बस्न र टपक्क टिप्न सहज सांगितिक कोसेलीहरु मध्य बाफसंगको दर्शकको अपेक्षा निकै रहेको पाइएको छ ।

नेपाली प्रेमी अनि भारतीय प्रेमीकाको बालापन देखि वयस्क हुँदासम्मका रसिक र मौलीक प्रेमकथामा निर्माण गरिएको यस गीतको भिडियो नेपाल भारत सिमासंग देशप्रेम अनि सामाजिक संरचनालाई गज्जबले उजागर गरेको निर्देशक नविन चौहानको भनाँई छ । प्रस्तुत म्युजिकल फिल्म “बाफ” मा गायनमा स्थापित भएका गायक प्रताप दासको मुख्य भूमिका रहेको छ भने शिल्पा थापा, नयन नेपाल, सम्रांत थापा, हर्क साउद, रिञ्छेन तामाङ्ग लगायतको अभिनय छ।

यसलाई अनिश स्याङ्ग्देनले छायांकन गरेका हुन् भने सुरज पौडेलको सम्पादन रहेको छ। तीनपाते, साईली, दुबो फुल्यो जस्ता अनेकौ लोकप्रिय गीतका रचनाकार हर्क साउदको शब्द रचना रहेको यस गीतको संयोजन तथा संगीत उत्पादन गंगा थापाले गरेका हुन्। गीतको मिस्किङ्ग मास्टरिङ्ग कोबिद बज्रले गरेका हुन्।

बाफ हेर्नका लागि यहाँ क्लीक गर्नुहोस् ।

 

Must View