नागरिक पोष्ट News


सीडिएससीले मेरो शेयरको पासवर्ड परिवर्तन गर्ने फिचर थप्यो, अब आँफै पासवर्ड चेन्ज गर्न सकिने

742

काठमाडौं – केन्द्रीय निक्षेप प्रणाली(सिडिएससि)ले शुक्रवारदेखि मेरो शेयरको पासवर्ड परिवर्तन गर्ने फिचर थप गरेको छ।सिडिएससिले मेरो शेयरको वेबसाइटमा उक्त फिचर थप गरेको हो ।

फिचर थप गरेसँगै सर्वसाधारणले अब आँफै पासवर्ड परिवर्तन गर्न सक्ने छन् । कसैले मेरो शेयरको पासवर्ड बिर्सिएको भए फरगेट पासवर्डमा गएर किल्क गर्न सक्ने छन् । उक्त फिचरमा किल्क गरेसँगै लगानीकर्ताले आफ्नो निक्षेप सदस्यको नाम दाखिला गर्नु पर्ने छ । साथै आफ्नो युजर नेम र जन्म मिति दाखिला गरेपछि पासवर्ड परिवर्तन हुनेछ। परिवर्तित पासवर्ड सिस्टमले नै इमेलमा पठाउने छ । इमेलमा आएको पासवर्ड प्रयोग गरी खाता चलाउन सक्ने सिडिएससिको भनाई छ ।

यस अघि भने पासवर्ड बिर्सिदा सर्वसाधारणले निक्षेप सदस्यहरूलाई नै भन्नु पर्ने स्थिति रहेको थियो । जसले गर्दा समय लाग्ने गरेको थियो। तर अब सर्वसाधारणले नै पासवर्ड परिवर्तन गर्न सक्ने भएपछि सर्वसाधारणको समय समेत बचत हुने सिडिएससिको भनाइ छ ।  

Must View