नागरिक पोष्ट News


गायक शिव खनाल र कल्पना दाहालको ‘फुरुरु पुतली’ सार्वजनिक (भिडियो सहित)

1.3K

कपिलवस्तु -  छोटो समयमै निकै चर्चामा आएकी गायिका कल्पना दाहाल र शिव खनालको यसपालिको तिज गित ‘फुरूरू पुतली’ सार्वजनिक भएको छ । नेपाली तिज गितहरु बजारमा सार्वजनिक हुने क्रम जारिरहेको बेला गायिका दाहाल र गायक खनालको प्रस्तुतीमा गित सार्वजनिक भएको हो ।

‘मेरै बदनाम भो’ एल्वमको मार्मिक गितबाट सांगितिक क्षेत्रमा पाईला टेकेका शिव खनालका अहिले लोकप्रिय गितहरुमा आवाज दिईसकेका छन् । यस भन्दा अघिपनि चर्चित तीज गित ‘रातो साडी’ ले छोटो समयमा नै निकै चर्चा बटुलेको थियो ।

बिक्रम परिवारको निर्देशन रहेको उक्त गीतमा सापकोटाको लय र शरद पाण्डेको शब्द रहेको छ । जसमा साहिर केसी, प्रिया महारंगी, देवु पाण्डे, जानु पोख्रेलको मुख्य भुमिकामा अभिनय गरेका छन । उक्त गीतको छांयाङ्कन तथा सम्पादन प्रदिप कंडेलले गरेका हुन । गीत आज अर्जुन सापकोटा युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

पुरा भिडियाेकाे लागि तलकाे लिंक खाेली हेर्नुहाेलाः

 

Must View