नागरिक पोष्ट News


कोरोना महामारीमा नेपाललाई अन्तरष्ट्रियस्तरको व्यक्तिगत सहयोग

2.4K

काठमण्डौँ - कोरोना महामारीमा अक्सिजनको कमीले कोरोना संक्रमितको मृत्यु हुने जोखिम बढेदै गर्दा सुनसरीको धरानस्थित वी पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इन्र्टनल मेडिसिन विभागले कोरोना भाइरसको उपचार गराईरहेका प्रदेश १ का अस्पताल र आइसोलेशन सेन्टरहरुलाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ ।

पहाडी जिल्ला तथा ग्रामीण क्षेत्रका आईसोलेशन सेन्टरमा हुने अक्सिजन अभावका कारण संक्रमितहरुको ज्यान जोखिममा परेको र मृत्यु हुनेहरुको संख्यामा समेत वृद्धि भइरहेको बेलामा प्रतिष्ठानले अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा. सोनिया दुलालले बताउनुभयो ।

विकट क्षेत्रमा अक्सिजन आपूर्तिमा समस्या भई कोरोना संक्रमितले अकालमा ज्यान गुमाउन नपरोस् भनेर अमेरिकाको वेस्ट क्यान्सर सेन्टर तथा रिसर्च ईन्स्टिच्यूटमा कार्यरत क्यान्सर रोग विशेषज्ञ डा. माईक.जी. मार्टिनको टोलीले सहयोग स्वरुप कन्सन्ट्रेटर उपलब्ध गराएको डा.दुलालले जानकारी दिनुभयो । डा. दुलालको विशेष पहलमा उपलब्ध भएको १७१ वटा कन्सन्ट्रेटरहरु कोरोना संक्रमितको उपचार भईरहेको कोरोना अस्पतालहरु, आईसोलेशन सेन्टरहरु, विकट जिल्लाका प्राथमिक उपचार केन्द्रहरुमा वितरण गरिरहेको समेत डा. दुलालले जानकारी दिनुभएको छ ।

प्रदेश नं १ का लिल्लाहरु मोरङ, झापा, सुनसरी, उदयपुर, इलाम, धनकुटा साथै विकट जिल्लाहरु ताप्लेजुङ्ग, पाँचथर, तेह्थुम, संखुवासभा, भोजपुर, खोटाङ, ओखलडुंगा, सोलुखुम्बुका कारोना संक्रमितले लाभ लिन सक्ने विश्वास रहेको डा. दुलाल बताउनुहुन्छ । विकटका अस्पतालहरुमा वितरण गरेर बाँकी रहेमा आफू कार्यरत वी पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा समेत कन्सन्ट्रेटर उपलब्ध गराउने डा. दुलालले बताउनुभयो ।

Must View